८ मंसिर २०८१, शनिबार
पत्रकारहरुले तेल माग्छन भनेपछि कोहलपुर क्षेत्रका पत्रकारहरु आक्रोशित (बिज्ञप्ति सहित)

नाम सार्वजनिक गर्न प्रहरी समक्ष पत्रकारहरुको आग्रह


  • टाइम्स संवाददाता

  • ३ मंसिर २०८०, आईतवार १९:५६

कोहलपुर,बाँके: एक अनौपचारिक कार्यक्रममा ईलाका प्रहरी कार्यालयका केहि प्रहरी अधिकारीहरुले पत्रकारहरुले तेल माग्छन यस्को ब्यबस्थापन कसरी गर्न सकिन्छ भन्ने फुटेज समाचारका रुपमा सामाजिक सञ्जालमा फैलिएपछि त्यस्ता गलत पत्रकारहरुको नामै सार्वजनिक गरि कारवाहि गरिनुपर्ने भन्दै कोहलपुरमा उपलब्ध पत्रकारहरुको भेलाले संघ,संगठनका नामबाट एक संयुक्त बिज्ञप्ति जारी गर्दै उक्त कुरामा आफनो असहमति जनाउदै आपत्ति प्रकट गरेका हुन ।

मंशिर २ गते शनिबार नेपाल पत्रकार महासंघ बाँके शाखामा अध्यक्ष दामोदर भण्डारीलाई ईलाका प्रहरी कार्यालय कोहलपुरले निम्तो दिई अस्टे«लिया र नेपाल बिचको सुरक्षा चासोका बिषयमा प्रहरीका सबै युनिटको उपस्थितीमा आयोजित अन्तर संबाद भनिएको कार्यक्रममा केहि प्रहरीहरुले अस्टे«लियाको बिषयलाई भन्दा पनि बाँके जिल्लाका बिषयमा जिज्ञाशा राख्ने क्रममा उक्त अभिब्यक्ति आएको सहारा टिभिमा आएको फुटेजमा प्रष्ट रुपमा उल्लेख गरिएको श्रब्य दृश्य सार्वजनिक भएको थियो । महासंका अध्यक्षले समेत कोहलपुरमा त यस्तो हुदो रैछ नेपालगञ्जमा त यस्तो हुदैन भन्दै गरेको भिडियो खिचेर सहारा टिभिले प्रशारण गरेको थियो । उक्त अन्तरसंबादमा आफुले अनुमतिमै उक्त भिडियो कैद गरेको सहारा टिभि संबद्ध पत्रकारको दावि रहेको छ ।

 

यस बिषयमा आफुहरु अपमानित भएको महशुस गर्दै पत्रकारहरुका साझा संगठन समाजवादि प्रेस संगठनका जिल्ला अध्यक्ष लोकनाथ शर्मा, प्रेस चौतारी कोहलपुर नगर कमिटी अध्यक्ष प्रमोद रिजाल, प्रेस युनियनका बाँके जिल्ला सदस्य मार्सलराज संज्याल, प्रेस सेन्टरका कोहलपुर नगर अध्यक्ष पुष्पराज हमाल, नेपाल जनजाती आदिवासि पत्रकार महासंघ बाँके जिल्ला कोषाध्यक्ष दिपक राई र क्रियाशिल पत्रकार समुह कोहलपुरका महासचिव रवि रोकायले आफु र आफनो संगठनको गम्भिर ध्यानाकर्षण भएको उल्लेख गर्दै त्यस्ता ब्यक्तिहरुको २४ घण्टाभित्र नाम सार्वजनिक गर्न अपिल गरेका छन ।

उनीहरुले प्रहरी अधिकारीहरुबाट पत्रकारहरुले तेल माग्छन भन्ने शब्दले क्रियाशिल पत्रकारहरुको आत्म सम्मानमा ठेस पुगेको समेत ठहर गरेका छन । यता ईलाका प्रहरी कार्यालयले भने सामान्य अनुभव आदान प्रदानमा भएका कुराहरु सामाचारका रुपमा सार्वजनिक भएपछि आश्चर्यमा परेको बताएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख सुन्दर तिवारीले पत्रकारहरुलाई लाञ्क्षणा लाउने उद्धेश्यले यस्तो अभिब्यक्ति नआएको भन्दै अनुभव आदान प्रदानका क्रममा भएका कुराहरु आधिकारीक नभएको जिकिर गरेका छन ।

 

Nabintech