कोहलपुर,बाँके: २०८० को देउसि भैलो कार्यक्रमबाट उठेको रकम कोहलपुरका मृगौला पिडितलाई हस्तान्तरण गरिएको छ । सगरमाथा डान्स एण्ड ईन्टरटेन्मेन्ट खजुरा र दश बिगाह युवा जागरण क्लवले संयुक्त रुपमा आयोजना गरेको भैलिबाट उठेको रकम सामाजिक उत्तरदायित्व वहन गर्दै कोहलपुर १० कालिकानगरका मृर्गौला पिडित प्रकाश वि.क.लाई रु ४८ हजार रुपैया उनको उपचारकालागि सहयोग बापत नगदै हस्तान्तरण गरिएको छ ।
सगरमाथा डान्स एण्ड ईन्टरटेन्मेन्ट खजुरा र दश बिगाह युवा जागरण क्लवले आज सोमबार आयोजित एक कार्यक्रममा उत्तर रकम वितरण गरेको दश बिगाह युवा जागरण क्लवका उपाध्यक्ष दिपेन्द्र कुवरले कोहलपुर टाईम्सलाई बताएका छन । कार्यक्रमका अवसरमा सगरमाथा डान्स एण्ड ईन्टरटेन्मेन्ट खजुराका अध्यक्ष दिलु सुनार र दश बिगाह युवा जागरण क्लवका अध्यक्ष सुरेश अधिकारीले भैलो खेलेर अन्य फजुल खर्च गर्नुको साटो सामाजिक तथा मानविय बिषयमा सहयोग गर्न पाउदा आफुहरुलाई आत्मसन्तुष्टि मिलेको बताउदै युवाहरुले सामाजिक सरोकारका विषयमा आवाज सहित विकास निर्माण र मानविय सेवामा सर्मर्पित हुनुपर्नेमा जोड दिए ।
पिडितको घर सम्मै पुगेर उपचारका लागि रकम हस्तान्तरण गरेपछि खुशि ब्यक्त गर्दै मृर्गौला पिडित बि.क.ले यो सहयोगले आफुले साक्षत भगवान पाएको महशुस गरेको कुरा ब्यक्त गरेका छन ।