१० मंसिर २०८१, सोमबार
मृत दाजुभाइलाई आफन्तको जिम्मा लगाइयो

  • टाइम्स संवाददाता

  • ६ मंसिर २०८०, बुधबार ०९:२१

तुलसीपुर:दाङको तुलसीपुरमा मृत भेटिएका दाजुभाइको शव आफन्तले बुझेका छन् । मंगलबार पोष्टमार्टम भएपछि उनीहरुको शवलाई प्रहरीले आफन्तलाई बुझाएको हो । सोमबार तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ गाइडहरमा भाडामा बस्दै आएका तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ डोक्रेनाका ३४ वर्षीय पूणर्बहादुर बस्नेत र उहाँका सहोदर भाई ३० बर्षीय टेकबहादुर बस्नेत घर भित्र मृत फेला परेका थिए ।

तर, टेकबहादुरकी श्रीमत रोल्पास्थित माइतीबाट फर्केपछि मात्रै शव निकाल्न भनेपछि मंगलबार बिहान शव निकालेर पोष्टमार्टम गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुर प्रसाद पोखरेलले बताए।  उनीहरु दुई भाइ एउटै कोठामा मृत अवस्थामा भेटिएका थिए । कान्छो भाइ टेकबहादुर भदौमा मात्रै विदेशबाट घर फर्किएका थिए भने उनका  दाजु साइला पूणर्बहादुर दसैँ मनाउन भारतबाट आएका थिए ।

टेकबहादुरको परिवार र छोरा तुलसीपुरको गाइडहरमा विगत एक वर्षदेखि कोठा भाडामा बस्दै आएका थिए । पोष्टमार्टम रिपोर्ट भने आएको छैन । उक्त रिपोर्ट आएपछि थप अनुसन्धान अघि बढ्ने प्रहरीले बताएका छ । प्रहरीका अनुसार कोठामा किटनाशक विषादीको खोल फेला परेको छ ।
Nabintech