कोहलपुर,बाँके: बाँकेबाट काठमाण्डौ सम्म यात्रा गर्ने यात्रुहरुले अव सोफा सिटमा बसेर यात्रा गर्न सक्ने भएका छन । पुर्व पश्चिम यातायात ब्यवसायी प्रा.लि.ले यात्रु महानुभावका लागि यो सेवा छिट्टै दिन गईरहेको प्रा.लि.का सचिव गौरव रावलले कोहलपुर टाईम्ससंगको कुराकानिमा बताए ।

यातायात ब्यबसायीहरुले यात्रुहरुलाई नयाँ नयाँ सुबिधा सम्पन्न बस मार्फत काठमाण्डौ सम्म यात्रा गराईरहेका सन्दर्भमा पुर्व पश्चिम यातायात ब्यवसायी प्रा.लि.ले दिन लागेको यो सेवा भने बाँकेको सन्दर्भमा नयाँ हो । यस अघि बिभिन्न प्रा.लिहरुले एयर सस्पेन्सर, एसि, डिलक्स जस्ता सेवा दिंदै यात्रुहरुलाई आफना बसहरुमा यात्रा गर्न प्रेरीत गरेकोमा पुर्व पश्चिम यातायात ब्यवसायी प्रा.लि.ले घरमा प्रयोग हुने सफो सेट आकारका सिटहरु सहितको ग्रेटर नेपाल एयर सस्पेन्सर एयर बस सञ्चालनमा ल्याउन लागेको बताईएको छ । कोहलपुर नयाँ बसपार्कको काउन्टर नं. ९ बाट आफनो सिट सुरक्षित गरेर काठमाण्डौ सम्म यात्रा गर्ने यात्रुहरुले बस भित्र फ्रि वाईफाईको सुविधा पाउने छन भने बस भित्र सुरक्षा सहजताकालागि सिसि क्यामेरा समेत जडान गरिएको छ ।

आरामदायि सोफा सिटमा बसेर यात्रा गर्न यात्रुबाट कति भाडा लिने भन्नेबारे अझै निर्णय नभएको उल्लेख गर्दै प्रा.लि.का सचिव रावलले अन्य प्रा.लि.कै हाराहारीमा भाडादर कायम गरिने बताए । यातायात क्षेत्रमा निकै गुणासो आउने बिषयहरुलाई सजगताका साथ हेरीने भन्दै रावलले दोहरो टिकट पर्ने गरि आफनो प्रा.लिले त्रुटिपुर्ण काम नगर्ने गरि सजगता अपनाउने बताए । खाना खाने बिषय र यात्रुहरुलाई अन्य सौचका बिषयमा पनि सुविधा हुनेगरि कार्य गर्ने प्रा.लिले कार्ययोजना अघि सारेको सचिव रावलको थप भनाई रहेको छ ।














