७ मंसिर २०८१, शुक्रबार
नेपालगन्जमा राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रतियोगिता हुदै

  • सरला सुबेदी

  • १२ मंसिर २०८०, मंगलवार १८:०७

नेपालगन्ज:नेपालगन्जमा राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिने भएको छ । बाँके जिल्ला ब्याडमिन्टन सङ्घको आयोजनामा आगामी फागुनको अन्तिम साता राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रतियोगिता हुने भएको हो ।

३ दिनसम्म सञ्चालन हुने प्रतियोगिता नेपालगन्ज रंगशालाको कभर्ड हलमा आयोजना गरिने छ । ब्याडमिन्टन खेलको स्तर उन्नति तथा खेलाडीको विकास गर्ने उद्देश्यका साथ नेपालगन्जमा राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता गर्न थालिएको बाँके जिल्ला ब्याडमिन्टन सङ्घले जनाएको छ ।

सङ्घका अध्यक्ष संजय थापाले प्रतियोगितामा देशभरबाट विभागीय सहित उत्कृष्ट खेलाडीहरू सहभागी हुने जानकारी दिनुभयो । उहाँले मेन्स डबल्स (खुल्ला), मेन्स डबल्स (बि लेभल) र भेट्रान्स (४५ प्लस) गरि ३ इभेन्टमा प्रतियोगिता हुने जानकारी दिनुभयो ।

अध्यक्ष थापाका अनुसार प्रतियोगितामा मेन्स डबल्स (खुल्ला) को उपाधि विजेतालाई एक लाख रुपियाँ पुरस्कार सहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिनेछ भने दोस्रो टिमले नगद ७० हजार तथा तृतीय टिमले ३० हजार रुपियाँ, मेडल, प्रमाणपत्र पाउने छन् ।

यसैगरि मेन्स डबल्स बि लेभलको पहिलो, दोस्रो र तेस्रो टिमहरूले क्रमशः ४० हजार, ३० हजार र १० हजार रुपियाँ तथा भेट्रान्सतर्फ पहिलो, दोस्रो र तेस्रो टिमलाई क्रमशः ५० हजार, ३० हजार र १० हजार रुपियाँ पुरस्कारसँगै कप, प्रमाणपत्र र मेडल प्रदान गरिने बाँके जिल्ला ब्याडमिन्टन सङ्घले जनाएको छ ।

Nabintech