दाङ: दाङमा सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका ,१० झारबैराचोक नारायणपुरमा टिपरको टक्करबाट घाइते भएका झिम्रुक गाउँपालिका ,४ प्युठानका १७ वर्ष विशाल जिसी, नौवहिनी गाउँपालिका, ६ लुङग बस्ने वर्ष १८ का सगर केसीको उपचारको क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनक मल्लले जानकारी दिनुभयो ।
हिजो साँझ नारायणपुरमा तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको रा १ ख १३०७ नम्बरको टिपरले र विपरीत दिशा बाट आउँदै गरेको रा २ प ५५८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार दुईजना घाइते हुनु भएको थियो ।
घाइते हुनु भएको जिसी र केसीलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका लागि लगिएको थियो । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार उहाँ दुवै जनाको शनिवार उपचारकै क्रममा मृत्यु भएको हो ।