नेपालगञ्ज, बाँके:बाँकेको नेपालगञ्जमा रहेको होटेल सोल्टिको आयोजनामा पश्चिम नेपालमै पहिलोपल्ट मंगोलियन हर्ट (राजु लामा)को टिमको धमाकेदार प्रस्तुती हुने भएको छ । अंग्रेजी नयाँ बर्षको पुर्व सन्ध्यामा राजधानि पछि पश्चिम नेपालमा पहिलो पल्ट गर्न लागिएको न्यु ईयर ईभेन्टको भब्य तयारी साथ मेघा म्युजिकल नाईटको आयोजना गरिने भएको हो ।
होटेल सोल्टिलाई बाहिरबाट हेर्दा धेरैको भाष्य महंगो भएको भन्ने भनाईलाई चिर्दै राजधानिको तुलनामा ५ गुणा कम टिकटमा नेपालगञ्ज शहरलाई रंगिन बनाउने जर्मको गरेको होटेल सोल्टिले अग्रिम बुकिङमा रु २ हजार र सञ्चालनका दिनमा लिए रु २ हजार पाँच सय टिकटको ब्यबस्था गरेको छ ।
संगित पारखिका साथमा आउने १० बर्ष मुनिका बालबालिकाहरुलाई प्रबेशमा कुनै पनि शुल्क लाग्ने छैन भने एकल यस टिकट लिनेहरुका लागि होटेलले ३ सय तीस एम एल बियर वा १ गिलास सफट पिय पदार्थ समेत उपलब्ध गराउने छ ।
६०० जनालाई मात्र नयाँ बर्षको म्युजिकल मस्ति दिने सोच बनाएको होटल सोल्टिले नेपालगञ्ज पनि ह्यापिनिज सिटि हो भनेर चिनाउने आफनो मुख्य ध्यय रहेको होटेल सोल्टिका सेल्स तथा मार्केटिङ म्यानेजर ज्ञानेन्द्र बिष्टले बताए ।
संधै नाफामुखि हुनुपर्छ भन्ने छैन स्थानलाई प्राथामिकता दिएर प्रचार प्रसार गर्नु पनि हाम्रो दायित्व हो भन्दै म्यानेजर बिष्टले ट्रन्जिट प्वाईन्टका रुपमा रहेको नेपालगञ्जलाई बिबिध कोणबाट चिनाउनु हामी सबैको दायित्व रहेको औंल्याए । डिसेम्बर लाष्ट अर्थात पौष १५ गते आयोजना हुने कन्सर्टमा अनलाईनबाट छानिने ५ जनालाई लक्कि विनरलाई समेत यस ईभेन्टको टिकट फ्रि गरिने समेत आयोजकले जनाएको छ ।
सोल्टि वेस्टन प्रिमियर मुख्य आयोजक रहेको यस ईभेन्टसलाई बोडबाईजर, काला पत्थर, नविल बैंक, टिचमाईन्ड नेटवर्क, हिकिभिजन,, क्यापिटल प्रेस, हिम श्री फुड्स र केएल दुघडले सहकार्य गरेका छन । त्यसै गरि कार्यक्रमलाई सफलिभुतपार्न बुद्ध यएर, श्री यएर र एती यएरको साथ रहने भएको छ भने मुख्य प्रायोजक कोकाकोला रहेको आयोजकले आज होटेल सोल्टिको मेघा हलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
पौष १५ गते बेलुका ६ बजे देखि १२ बजे सम्म हुने उक्त सांगेतिक कार्यक्रममा राजु लामाको ब्यान्ड मंगोलिएन हर्टका अलावा काठमाण्डै देखि आउने तथा स्थानिय कलाकारले समेत दर्शकहरुलाई भरपुर मनोरञ्जन दिनेछन भने ईभेन्टसको होष्टका रुपमा सञ्चारकर्मि समिरमान श्रेष्ठ र प्रेरणा गिरी रहनेछन ।