३० कार्तिक २०८१, शुक्रबार
कोहलपुरमा यातायात कार्यालय ल्याउनेबारे मन्त्रालयसंग छलफल भईरहेको छ: मन्त्रि के.सि.

कोहलपुरमा निर्माण भएका संरचना निर्माण हुनु पथ्र्यो पर्दैन्थ्यो भन्ने वाद विवादको कुनै तुक नभएको जिकिर


  • टाइम्स संवाददाता

  • २१ पुष २०८०, शनिबार १०:०९

कोहलपुर,बाँके:लुम्बिनी प्रदेशकी शहरी विकास मन्त्री कृष्णा केसी ‘नमुना’ ले यातायात कार्यालयको  शाखा भएपनि कोहलपुरमा ल्याउन आफूले सम्बन्धित मन्त्रालयसँग छलफल सुरु गरिसकेको बताएकी छिन। ‘कोहलपुरमा यातायातको एउटा शाखा कार्यालय जसरी पनि म ल्याउँछु । यो मेरो प्रतिबद्धता भयो,’ अब त्यो कहाँ राख्ने नगरपालिकाले त्यो ठाउँको व्यवस्थापन गरोस् उनले भनिन ।

कोहलपुर नगरपालिकाले निर्माण गरेको भ्यू टावर र नयाँ बसपार्क सञ्चालन तथा ब्यवस्थापनका विषयमा सर्बपक्षिय छलफलका क्रममा मन्त्रि केसिले यस्तो बताएकी हुन । उनले योजना छनोट गर्दा आवश्यकताका आधारमा गरिनुपर्नेमा जोड दिंदै संरचना बन्नु आफैँमा नराम्रो नभएको तर संरचना बनाउँदा त्यसबाट कति प्रतिफल लिन सकिन्छ भन्ने ख्याल गर्नुपर्ने बताइन् ।

‘संरचना बन्नु आफैँमा नराम्रो होइन,’ कोहलपुर बसपार्क र भ्युटावर सञ्चालनका लागि गरिएको अन्तरक्रियामा मन्त्री केसीले भनिन, ‘तर संरचना बनाउँदा त्यसबाट कति प्रतिफल लिन सकिन्छ भन्ने ख्याल गर्नुपर्छ, लगानी गर्दा अलि छिटो प्रतिफल दिने ठाउँमा लगानी गर्नुपर्छ, लगानी गर्दा अलि छिटो प्रतिफल दिने ठाउँमा लगानी गर्नुपर्छ ।’

कोहलपुरमा अत्याधुनिक बसपार्क र भ्युटावरको संरचना तयार भइसकेकाले अब त्यसलाई कसरी सञ्चालनमा ल्याउने भनेर सबैले सोच्नुपर्ने उनले बताइन् । ‘निर्माण हुनुपथ्र्यो वा हुनुहुँदैनथ्यो भनेर अब वादविवाद गर्नुको कुनै अर्थ छैन,’ उनले भनिन्, ‘बनिसकेका संरचना अब सबै मिलेर सञ्चालनमा ल्याउनुपर्छ ।’

योजना छनोट गर्दा आवश्यकताका आधारमा गरिनुपर्नेमा विगतमा त्यसो हुन नसके पनि अब बनिसकेका संरचनालाई उपयोगमा ल्याउनुको विकल्प नभएको मन्त्री केसीको भनाइ थियो । कोहलपुरमा पर्यटकीय विकासको सम्भावना अत्यधिक भएकाले भविष्यका लागि यी संरचनाबाट फाइदा लिन सकिनेमा उनले जोड दिइन् । बाँकेका कार्यालयहरू धमाधम अन्यत्र सरिरहेकोमा चिन्ता व्यक्त गर्दै उनले कोहलपुरमा यातायातको शाखा भए पनि ल्याउन आफूले प्रयास गरिरहेको बताइन् ।

नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथी एवम् लुम्बिनी प्रदेशका शहरी विकास मन्त्री कृष्णा केसी नमुना, नेपाली काँग्रेस बाँकेका उपसभापति गोपालप्रसाद अधिकारी, उद्योग वाणिज्य महासंघका पुर्वकेन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, कोहलपुर उद्योग वाणिज्य संघका पुर्वअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ, कोहलपुर नगरपालिकाका पूर्व वडाअध्यक्ष कर्णबहादुर थापा, ब्यवसायी देवानन्द अर्याल लगायत उद्योगी, ब्यवसायी लगायतले आ आफ्ना सुझाव दिए ।

नगर विकास कोषको ६० प्रतिशत ऋण अनुदानमा निर्माण गरिएका दुबै पुर्वाधार सञ्चालन तथा ब्यवस्थापनमा समस्या आएपछि सर्बपक्षिय रुपमा सुझाव लिइएको प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले बताए । सो क्रममा उनले निर्माण सम्पन्न भएका भ्यू टावर र नयाँ वसपार्कको बारेमा प्रस्तुतीकरण गरेका थिए ।

सुझाव दिने क्रममा अधिकांसले निर्माण सम्पन्न भईसकेका नगरपालिकाका गौरवका योजनालाई सञ्चालन तथा ब्यवस्थापन गर्दा ब्यवसायीलाई वातावरण बनाइदिनुपर्ने र नयाँ ढंगले ठेक्का टेण्डर गर्नुपर्ने सुझाव दिए । ‘सुरुवात भईसकेका योजना हामी निर्वाचित भएर आएपछि सम्पन्न भएका हुन्, अब यिनीहरुलाई कसरी ब्यवस्थापन र सञ्चालन गर्ने भन्नेमा सोचनिय विषय बनेको छ ।’ नगरपालिकाले भ्यू टावर र नयाँ बसपार्क सञ्चालनका लागि पटक पटक ठेक्का खोलेपनि कुनैपनि ब्यवसायीले ठेक्का नहालेको उनले सुनाए ।

उक्त कार्यक्रममा नगर उपप्रमुख संगिता सुवेदीले स्वागत गरेकी थिइन् । कार्यक्रममा जनप्रतिनिधि, विभिन्न दलका प्रमुख तथा प्रतिनिधि, उद्योगी, व्यवसायी लगायतको सहभागिता रहेको थियो ।

 

 

Nabintech