३० कार्तिक २०८१, शुक्रबार
लम्पी स्किन रोगका कारण लुम्बिनीमा दुध उत्पादन घट्दो

बाँकेमा ‘लम्पी स्किन’को सङ्क्रमणबाट एक सय २५ भन्दा बढी पशु चौपायाको मृत्यु


  • टाइम्स संवाददाता

  • २२ पुष २०८०, आईतवार १८:३४

नेपालगञ्ज: लुम्बिनी प्रदेशमा पशुमा लाग्ने लम्पी स्किन रोगका कारण दूध उत्पादन घटेको छ । लुम्बिनी प्रदेशको पशुपन्छी निर्देशनालयका अनुसार यस रोगका कारण प्रदेशका १२ जिल्लामा ५ हजार बढि पशु मरेका थिए ।

निर्देशनालयका अनुसार प्रदेशमा पहिलो पटक २ साउन २०७७ मा पशुमा यो रोगको संक्रमण देखिएको थियो । बाँकेमा ‘लम्पी स्किन’को सङ्क्रमणबाट एक सय २५ भन्दा बढी पशु चौपायाको मृत्यु भएको थियो भने दश हजार बढीमा सङ्क्रमण देखिएको थियोे । गाई, भैसीमा देखिएको उक्त रोगको प्रभाव दूध उत्पादनमा परेको छ ।

नेपाल राष्ट्र बैंकले पुष महिनामा सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदन अनुसार, लुम्बिनी प्रदेशमा लम्की स्किनकै कारण ६।३० प्रतिशत दूध उत्पादन घटेको छ । २०८० असार मसान्तसम्म यो प्रदेशमा ४ हजार ९ सय ५० लाख लिटर दूध उत्पादन भएको थियो । बिगतको बर्ष भन्दा यो ६।३० प्रतिशतले कमी भएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा भनिएको छ,—‘गाईमा
देखिएको लम्पी स्किनका कारण दूध उत्पादनमा ह्रास भएको हो ।’

लुम्बिनी प्रदेशको रुपन्देहीमा सबैभन्दा धेरै ३२।२६ प्रतिशत र सबैभन्दा कम रुकुममा ०।२० प्रतिशत दूध उत्पादन हुँदै आएको छ । बाँकेमा ९।८९ प्रतिशत दूध उत्पादन हुने गरेको छ । लम्पी स्किनले पशुको मृत्यु र दूध उत्पादन घटे पनि कुनै प्रकारको राहत नपाउँदा समस्या झनै बढ्दै गएको छ । उनीहरुले कुनै पनि तहका सरकारबाट राहत उपलब्ध नभएको दुखेसो पोखेका छन् ।

यो रोगको संक्रमण मुख्यगरी गाईगोरु, भैंसी र चौंरीमा देखिएको थियो जुन अहिले नियन्त्रणमा छ । अधिकांश गाई र भैंसी रोगका कारण थला परेपछि दूध उत्पादन घटेको हो । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पशुमा देखिएको संक्रमणका कारण प्रदेशमा ८० प्रतिशतले दूधको उत्पादन घटेको जनाएको छ ।

Nabintech