८ मंसिर २०८१, शनिबार
नेपाल मुस्लिम इत्तेहाद सगठन बाँकेको अध्यक्षमा बेहना

मुस्लिमहरुको राजनैतिक अधिकार सुनिश्चिततासंग उनीहरुको चौतर्फी अधिकार प्राप्तिकालागि शंघर्ष गर्दै माउ पार्टिको सिद्धान्तलाई मुस्लिममाझ जिवन्त राख्ने


  • टाइम्स संवाददाता

  • २४ पुष २०८०, मंगलवार ०८:१२

नेपालगञ्ज: नेकपा एमालेको मुस्लिम भातृ संगठन नेपाल मुस्लिम इत्तेहाद सगठन बाँकेको पाचौ जिल्ला अधिवेशन भब्य रुपमा सम्पन्न भएको छ । पाचौ जिल्ला अधिवेशनबाट अध्यक्षमा मोहम्मद शफीक बेहना निर्वाचित भएका छन ।

यसैगरि उपाध्यक्षमा मोहम्मद सगीर खान, सचिवमा गुलाम हुसैन कादरी, कोषाध्यक्षमा मोहम्मद ऐश ठकुराई, सह सचिवमा अनवरी खान र सदस्यहरुमा इर्शाद अली इद्रीसी, ननकई पठानिन, मोहम्मद अफ्सर खान, यार मोहम्मद खान, बशीर बेहना, सलाहुद्दीन बागवान, रज्जब अली सैय्यद, गुलाम अहमद रजा खान बन्टी, अख्तरुन निशा, अब्दुल सत्तार खान, जाहिद अली मनिहार, नूर मोहम्मद हल्वाई, अली अकबर बेहना, जाहिद अली गुज्जर, मोलहे बेहना शेख निर्वाचित भएको नेपाल मुस्लिम इत्तेहाद सगठन बाकेका नवनिर्वाचित अध्यक्ष मोहम्मद शफीक बेहनाले कोहलपुर टाईम्सलाई बताए ।

नवनिर्वाचित बेहनाले बाँके जिल्लामा मुस्लिमहरुको राजनैतिक अधिकार सुनिश्चिततासंग उनीहरुको चौतर्फी अधिकार प्राप्तिकालागि शंघर्ष गर्दै माउ पार्टिको सिद्धान्तलाई मुस्लिममाझ जिवन्त राख्ने बताएका छन ।

सोमवार नेकपा एमाले पार्टि कार्यालय नेपालगञ्जमा भएको पाचौ जिल्ला अधिवेशनमा पार्टिका बिभिन्न तह र तप्काका नेताहरु बिभिन्न संगटनका अगुवा नेताहरुको समेत उपस्थिती रहेको थियो ।

Nabintech