कोहलपुर,बाँके:कोहलपुर ११ मा रहेको न्युरोडमा सोमवार राति ५ वटा विरुवा र सो विरुवालाई संरक्षण गर्न खडा गरिएका ट्रि गार्ड उखेलेर फालिएको अवस्थामा फेला परेको छ । विहानको समयमा विरुवाहरु नष्ट नर्दै ट्रि गार्ड समेत फालेको पाईयो कोहलपुर नगर प्रहरी प्रमुख विर बहादुर थापाले कोहलपुर टाईम्ससंग भने ।
विरुवा नष्ट गर्ने जो कोहिलाई पनि कानुन सम्वत कारबाहि गरिनुपर्ने भन्दै थापाले हरित नगर निर्माणका निम्ति रोपिएका विरुवा नष्ट गर्नु आफैमा लज्जास्पद बिषय भएको बताए । कोहलपुर नगरपालिकाले कोहलपुरलाई हरित नगर बनाउने भन्दै नगरका बिभिन्न भागहरुमा कोनोकार्पस ल्यान्सिफोलियस लगाएत बिभिन्न प्रजातिका गरि ३ सय पचास विरुवा लगाएको छ । विरुवा संरक्षण गर्न कोहलपुरमा उपलब्ध विभिन्न सङ्घसंस्थाहरुले २ सय १८ थान ट्रि गार्ड सहयोग गरि विरुवा संरक्षण अभियानलाई सहयोग गरेको कोहलपुर नगरपालिकाले जनाएको छ ।
नगर प्रमुख पुर्ण प्रसाद आचार्यले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै यो सामाजिक अपराध भएको औंल्याएका छन । बडो मेहनतका साथ कोहलपुरलाई हरियाली प्रवर्द्धन गर्ने उद्देश्यका साथ सुरु गरिएको वृक्षारोपण कार्यक्रम र संरक्षण कार्यक्रममा विभिन्न व्यक्ति, संघ संस्थाको रचनात्मक साथ र सहयोग प्राप्त हुँदै आइरहेको छ हामी सहयोगी सबैका प्रती पुनः आभार व्यक्त गर्दछौं तर हाम्रो यो अभियानमा जोडिन पनि नसक्ने र बिरुवाहरु मास्न उद्दत उछृङ्गल व्यक्ति समूह प्रती खेद प्रकट गर्दछौं । सोमवार रातको समय पारेर यो विनाश गरिएको छ । दोषीको खोजी गरौ र दण्डित गरौं उनले अगाडि लेखेका छन । यसैगरि ५ वटा विरुवा विनास गर्नु सानो कुरा नभएको भन्दै विकास र वातावरण बिरोधि तत्वहरुलाई कडा कारवाहि गर्नुपर्ने कोहलपुर वडा नं. ११ का अध्यक्ष कल्पना शर्माले कोहलपुर टाईम्सलाई बताईन ।