कोहलपुर,बाँके:निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन बाँकेले आफनो ३३ औं स्थापना दिवस कोहलपुरमा सम्पन्न गरेको छ । ३३ औं स्थापना दिवसका अवसरमा मयुर नाच, झाँकि, विभिन्न विद्यालयका ब्यानर सहित बाँकेको कोहलपुर पिपल चौताराबाट प्रभातफेरी निकाल्दै प्याब्सनले बजारको एनटिभिरोड न्युरोड हुदै गोलपार्कमा पुगेर सभामा परिणत हुदै आफनो स्थापना दिवस मनाएको हो ।
प्यावसन आबद्ध बिभिन्न विद्यालयका शिक्षकहरुलाई सम्मान गरिएको उक्त कार्यक्रममा प्याब्सन आबद्ध विद्यालयका विद्यार्थीहरुबाट बिबिध सांस्कृतिक कार्यक्रम समेत प्रर्दशन गरिएको थियो ।१ सय २४ विद्यालयहरु आबद्ध रहेको बाँके प्याब्सनमा आज आयोजित कार्यक्रममा भने कोहलपुरका २४ बिद्यालय र जिल्लाका अन्य १२ बिद्यालय गरेर ३६ बिद्यालयले मात्र भाग लिएको बताईएको छ ।
कोहलपुर नगरपालिकाका प्रमुख पुर्ण प्रसाद आचार्यले उदघाटन गरेको कार्यक्रममा नगरका सामाजिक विकास समिती संयोजक ईश्वरी बिश्वकर्मा, प्याब्सन केन्द्रिय सदस्य सुनिल गुप्ता, राम जानकी माविका संस्थापक नारायण प्रसाद सिग्देल, बाल ज्योती माबिका संस्थापक लक्ष्मि सुबेदी, गोरखा युनाईटेड पब्लिक स्कुलका संस्थापक एबं सञ्चालक अध्यक्ष केशर बहादुर आले मगर, ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख सुन्दर तिवारी, बाँके जिल्ला ट्राफिक प्रहरी प्रमुख गोपीकृष्ण सुवेदी, बिभिन्न दल संबद्ध ब्यक्ति, प्याब्सन आबद्ध बिद्यालयका शिक्षक, कर्मचारी बिद्यार्थीहरुको सहभागिता रहेको प्याब्सन डे का अवसरमा विद्यार्थीहरुले बिज्ञान प्रर्दशनि समेत गरेका थिए ।