खजुरा,बाँके: बाँकेको खजुरा गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न भएको छ । सभाले विभिन्न निर्णयहरु पारित गर्दै अधिवेशन अन्त्य गरेको सभाअध्यक्ष डम्बर बहादुर विक तुफानले बताए ।
गाउँपालिकाको विकासका लागि विभिन्न नयाँ योजना र केहि योजनाहरुलाई संशोधन गरी काम गर्ने निर्णय भएको तुफानको कथन रहेको छ । उनका अनुसार ‘गाउँपालिकावासीले हामीलाई ५ वर्षको लागि काम गर्ने अवसर दिएको उल्लेख गर्दै हाम्रा माझ अवसर र चुनौति दुबै रहेको जिकिर गरेका छन ।
खजुराको समग्र विकासका लागि पालिकाले निजि क्षेत्रसँग पनि साझेदारी गरेर अगाडी बढ्ने र पालिकाले आफनो स्रोत तथा केहि महत्वपुर्ण योजना केन्द्र, प्रदेशको अनुदानमा सम्पन्न गर्नेछ भन्दै अध्यक्ष बि.क.ले पाँच वर्षे र गौरवका योजनालाई हामीले उच्च प्राथमिकताका साथ सम्पन्न गर्ने लक्ष्य लिएका छौं भने ।
खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकको सभाध्यक्षमा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्लले चालु आर्थिक वर्षको निति, कार्यक्रम तथा बजेट समिक्षा बक्तव्य प्रस्तुत गरेकी थिइन । गाउँसभा सभाले ऐन,कार्यिवधि, निर्देशिका पेश गरी पारित तथा संसोधन सम्बन्धी विधेयक २०८० पारित गरेको छ ।