कोहलपुर,बाँके: राष्ट्रिय प्रजातान्त्र पार्टी कोहलपुर नगर कार्यसमितिले एक प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला समिती बाँके मार्फत केन्द्रिय कार्यालयलाई ध्यानाकर्षण गराएको छ । नगर कार्यसमितिले आफुहरु जिल्ला नेतृत्वबाट अन्यायमा परेको भन्दै निर्णय सच्च्याउन माग गर्दै ताला बन्दि सम्मका कार्यक्रमहरु तय गरेको जनाएका छन ।
कार्यकर्ताहरुलाई दासको नजरले हेर्ने मण्डले प्रबृत्तीका राप्रपाको निती, बिधि तथा बिधान नमान्ने बिवादित अध्यक्ष नरेन्द्र पौडेलको अध्यक्षतामा पौष २१ गते शनिवार बसेको जिल्ला कार्यसमितिको बैठकले पार्टीको विधि विधान विपरीत नितान्त ब्यक्तिगत रिसिबी साँध्न तत्कालीन रा.प्र. पा. एकता महाधिवेशन २०७८ बाट निर्बाचित बाँके निर्वाचन क्षेत्र नम्बर १, ख का अध्यक्ष लाल बहादुर वलि , कोहलपुर नगर समिति अध्यक्ष अर्जुन जंग शाह , राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन जिल्ल अध्यक्ष सरिता शाहीलाई पदच्युत गरि आफुनिकट ब्यक्तिलाई नियुक्ति गरेपछी आफुहरु यो परिस्थितिमा आउन परेको अर्जुन जंग शाहले कोहलपुर टाईम्सलाई बताएका छन ।
ईमान्दार र पार्टीप्रती लगाव राख्ने आम कार्यकर्ताको अपमान गरेको भन्दै पौष २४ गते कोहलपुर नगर कार्यसमितिका वरिष्ठ उपाध्यक्ष शेर बहादुर डाँगीको अध्यक्षतामा बसेको बैठकले राप्रपा बाँके जिल्ला कार्यसमितिलाई निर्णय सच्याउन ७ दिनको अल्टिमेटम दिने समेत बताएको छ ।
कथमकदाचित उक्त कदम नसच्चिए ८ औं दिनदेखि अनिश्चित कालिन तालाबन्दी गर्ने निर्णय भएको बताईएको छ ।अनिश्चितकालिन तालाबन्दी सहित जिल्लाका कार्यकारीणिहरुको राजिनामा माग गर्ने समेत बिज्ञप्तिमा उल्लेख गरिएको छ । जिल्ला नेतृत्वको स्वईच्छाचारी कार्यप्रति असन्तुष्ट पक्षले पार्टिका केन्द्रिय अध्यक्ष राजेन्द्र लिंगदेनको समेत प्रेस बिज्ञप्ती मार्फत ध्यानाकर्षण गराएका छन ।