९ मंसिर २०८१, आईतवार
‘सुन्दर सरका सुन्दर काम’ जनताका काम देखि कार्यालय ब्यबस्थापन र सौन्दर्यकरण सम्म

नदिजन्य दोहन नियन्त्रण देखि लागुऔषध कारोवारी सम्म पुग्न सफल


  • प्रमोद रिजाल

  • २८ पुष २०८०, शनिबार ०८:४५

कोहलपुर,बाँके:प्रहरी नायव उपरीक्षक डिएस्पी सुन्दर तिवारी कास्किबाट जव सरुवा भएर ईलाका प्रहरी कार्यालय कोहलपुर आए र पत्रकार सम्मेलन गर्दै आफुले गर्ने कार्ययोजनाको फेरीहिस्त सुनाए । पावर प्वाईन्टबाट बिभिन्न सलाईड सहित आफनो कार्ययोजना प्रस्तुत गरेका तिवारीका कार्ययोजना धेरैलाई महत्वाकांक्षी भएको भान भयो तर तिवारीको नेतृत्वमा रहेको ईलाका प्रहरी कार्यालयले लिएको लक्ष्यमा ८० प्रतिशत लक्ष्य प्राप्ति चुम्न सफल भएको छ ।

पहिलो लक्ष्य थियो कार्यालय ब्यबस्थापन, तिवारीले अहिले कार्यालय परिसरलाई चिरीच्याट्ट र आकर्षक बनाएका छन । नयाँ भवन, एक प्रहरी एक गमला, पानीका फोहरा, बाल मैत्रि खानेपानीको धारा, बिभिन्न सचेतानामुलक होर्डिङ बोर्ड सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै अपाङ्गमैत्री नागरीक सहायता कक्ष, बाल कक्ष, स्तनपान कक्ष, जेष्ठ नागरीक कक्ष तथा बैठक कक्ष निर्माण गरि तिवारीले प्रहरी कार्यालयलाई अति नै कलात्मक रुपमा सिंगारेका छन ।

उनले कार्यालय ब्यबस्थापनसंगै नागरिकको सेवामा समेत आफना मातहतका सकल दर्जालाई साँच्चि नै प्रहरी मेरो साथी भन्ने आभास दिलाउन ब्यबहार, आचरण बानिमा समेत सकारात्मक परिवर्तन ल्याउन सफल भएका छन ।

प्राय: प्रहरीले कुनै पनि अपराधमा पक्राउ परेकालाई मुद्धा नै चलाउने गर्दछ तर तिवारीले घटनाको सुक्ष्म अध्यन गर्छन, किन यो ब्यक्तिले यस्तो काम गर्न बाध्य भयो उस्को मनोभाव बुझछन र उस्लाई कुन उपचार बिधिले सुर्धान सकिन्छ त्यो बिधि खोज्न सदा तत्पर रहन्छन ।
कतिपय फस्ट स्टेपका अपराधहरु (जघन्य बाहेक) पारीवारको रोहवरमा बिभिन्न मनोबिर्मस दिंदै बिदा गर्छन । दास्रो स्टेपका अपराधलाई उनले उपचारका बिधि अपनाउछन अनि तेस्रो स्टेपका अपराधिहरुलाई मात्र मुद्धा चलाउन उनी विवस हुन्छन ।

मान्छे जन्मदै अपराधि हुदैन यहि समाजले उस्लाई अपराधि बनाउछ भन्दै तिवारीले गर्ने अनुसन्धान समेत अन्य अधिकृत भन्दा फरक पाएको एक प्रहरीले कोहलपुर टाईम्सलाई सुनाए । आफनो जागिर कालमा तिवारी जस्तो हाकिम नपाएको उनले अनुभव सुनाए । कार्यालय परीसरमा प्रवेश गर्ने मुख्य गेटसँगै निर्माण गरीएको नयाँ भवन वातावरण अनुकुलीत र प्रविधिमैत्री बनाईएको छ । अपाङ्गता भएका ब्यक्तिहरुकालागी ह्विलचियरको सुविधासँगै नयाँ भवनमा बालवालिकाकालागी समेत छुट्टै बाल कक्ष निर्माण गरीएको छ । बाल कक्ष किन त ? भन्ने प्रश्नमा बुवा आमा घरेलु केशमा आउछन यहाँ आएर झगडा गर्छन त्यो सबै वालवालिकाको कलिलो मष्तिक सम्म नपुगोस भनेर खेल्न हेर्न मिल्ने बाल कक्ष बनाईएको उनको भनाई छ । वालवालिकाहरुलाई नकारात्मक असर नपरोस भन्ने हेतुले छुट्टै बाल कक्ष निर्माण यो आफैमा नमुना काम पनि हो ।


तिवारीले कार्यालयको भित्रि भित्तामा बाँकेको पर्यापर्यटनलाई समेत अत्यन्त कलात्मक रुपमा कुँदेका छन । पर्खालको भित्री भागमा जिल्लाका विभिन्न पर्यटकीय क्षेत्रहरुको छोटो जानकारी सहितको भित्ते चित्र र बिभिन्न स्लोगनले प्रहरी परिसरलाई थप सौन्दर्य थपेको छ ।
यस्तै सडक तर्फको बाहिरी पर्खालमा सडक दुर्घटना, लागुपदार्थ दुर्ब्यसनी, अपराधिक क्रियाकलाप तथा ट्राफिक सचेतना सम्बन्धि जानकारी दिने बोर्डहरु राखीएको छ । आम सर्वसाधारणले देख्ने गरी विभिन्न सचेतनामुलक सुचना तथा तस्बिर सहितका बोर्ड राखीएकाले पनि यस्ता बोर्डहरुले नगरवासीलाई सुसुचित हुन मद्धत पुग्ने तिवारीको विश्वास छ ।

उनकै नेतृत्वमा व्यवस्थित र प्रविधिमैत्री बनाउँदै लगिएको ईलाका प्रहरी कार्यालय कोहलपुरको सुन्दरताले पछिल्लो समय सेवाग्राहीहरुलाई प्रभावित बनाउन थालेको बताउछन नेकपा एमालेका नगर अध्यक्ष नम प्रसाद शर्मा । उनले तिवारीको काम आफुलाई अत्यन्त मन परेको भन्दै जस्तो सुकै परिस्थितीमा पनि बल प्रयोग नगरी बार्ताबाट समस्याको समाधान गर्न सक्ने उनको कलालाई खुलेरै प्रशंसा गरे ।
आत्महत्या न्युनिकरण समन्धि वडा स्तरीय सचेताना, विद्यालय सम्म पुगेर साईबर तथा ट्राफिक सम्बन्धि सचेतना , नागरिकका लागि निवेदन लेख्ने अभियान समेत सफलतापुर्वक सम्पन्न गरेका तिवारीले नगर क्षेत्रमा सिसिटिभि जडान सुचना सुन्ने अधिकारी कक्ष समेत निर्माण गरेर तिवारीले नागरिक मैत्रि ईलाका बनाउन सफल भएका छन ।

प्रहरी भन्ने बित्तिकै नकारात्मक र भय भावले हेर्ने परिपाटिलाई प्रहरी नायव उपरीक्षक डिएस्पी सुन्दर तिवारीले चिरेको भन्दै बाँके क्षेत्र नं. १ का माननिय सांसद सुर्य ढकालले समेत उनको खुलेर प्रशंसा गरेका छन ।
सवारि साधनमा टल्किने पहेंलो स्टिकर टाँस्ने अभियान होस या मेटिएका नम्वर प्लेट अन द स्पोट लेखाउने अभियान होस तिवारीको कार्ययोजना अनुरुपको तदारुकताले कार्यान्वयनमा तिब्रता लिएको छ ।

लागुपदार्थ सेवनकर्ता भन्दा पनि कारोवारी सम्म पुग्ने योजना सहित सडक चेकजाँच र खोज कार्यमा अधिक सफलता पाएका तिवारीले ईप्रका भित्रको ईलाकामा नदि जन्य दोहनलाई समेत नियन्त्रण गर्न सफल भएका छन ।

३ करोडमा ठेक्का जाने गरेको राप्ति नदिको नदिजन्य बस्तुहरुलाई ९ करोडमा ठेक्का जान सक्ने बनाउने भुमिका समेत तिवारीको रहेको राप्ति सोनारीका अध्यक्ष तप्त पौडेल स्विकार्छन ।

युवा तथा वालवालिकाहरुले नकारात्मक काम नगरुन भनेर उनीहरुसंग मैत्रिपुर्ण काम गर्न रुचाउने तिवारीले तिहारमा नगर बाल क्लव सञ्जालसंग सचेतनामुलक भैलो समेत खेले भने विद्यालयहरुमा गएर वालवालिकाहरुको नयाँ नयाँ प्रतिभाहरुको अवलोकन गर्ने र उनीहरुलाई नयाँ खोजमा लाग्न समेत प्रेरणा दिने गरेका छन ।

प्रहरीले बडो मेहनतले आफुलाई देशभक्त प्रहरी बनाएको हुन्छ तर समाजमा अनाबश्यक प्रवाह हुने नकारात्मक सन्देशले उस्को बषौंको मेहनत खेर जाने भन्दै प्रहरी नायव उपरीक्षक डिएस्पी सुन्दर तिवारीले सबैको सहयोग, सल्लाह र सुझावमा प्रहरीले समाज वदल्न सक्ने काम गर्न सक्ने बिचार ब्यक्त गर्छन ।

फोटो: विकल भट्टराई /कोहलपुर टाईम्स

Nabintech