कोहलपुर : बाकेको कोहलपुर नगरपालिकाको उद्योग सहकारी तथा उपभोग्ता हित संरक्षण उप शाखाको आयोजनामा आज कोहलपुर नगरपालिका भित्र रहेका डेरी र पानी उद्योगमा अनुगमन गरेको छ ।
आम उपभोक्ताको स्वास्थयलाई मध्यजनर गर्दै पहिलो चरणमा दैनिक रुपमा प्रयोगमा आउने दुधजन्य पदार्थको गुणस्तरीयतालाई मध्यनजर गर्दै डेरी उद्योग र पानी उद्योगहरुमा अनुगमन गरिएको कोहलपुर नगरपालिकाको उद्योग सहकारी तथा उपभोग्ता हित संरक्षण उप शाखा प्रमुख अग्नि प्रसाद आर्चायले कोहलपुर टाइम्सलाई बताए ।
कोहलपुरमा रहेको ए वान डेरी उद्योगमा अनुगमनका क्रममा ए वान डेरी उद्योगले उत्पादन गरेको घ्यूजन्य पदार्थ खुल्ला रुपमा रहेको साथै उत्पादन मिती , म्याद सकिने मिती नराखेको ४किलो ५०० ग्रम घ्यू लाई उपभोग्तालाई नबेच्ने प्रतिबद्धताका साथ बिक्रि स्थलबाट हटाइएको थियो ।
त्यसै गरि कोहलपुर नगरपालिकाको वडा न ११मा रहेको देउती डेरी उद्योगले पनि बिक्रि कक्षमा लेवल नलगाएर खुल्ला रुपमा राखेको १९ किलो घ्यू लाई उपभोग्तालाई बिक्री नगर्ने शर्तमा पहिलो चरणमा खुल्लारुपमा राखिएको घ्यू लाई हटाएको थियो।
खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जका खाद्य निरिक्षक एकराज बुढाथोकिले कोहलपुर क्षेत्रमा सन्चालनमा आएका र अनुगमन गरिएका डेरीहरुले शुद्धता सगसगै उद्योग भित्रको सरसफाइ , ब्यक्तिगत सरसफाई , लेबलिङ , प्याकेजिङलाई तत्काल सुधार गर्नुृ पर्ने बताए ।
अनुगमनकै क्रममा सृजना सहकारी सस्थाको सरसरफाइको अबस्था निकै कमजोर , कच्चा दुध र प्रशोधित दुधको नियमित गुणस्तर जाच गरि अधिलेख राख्नु पर्ने भण्डारण ब्यवस्थित नभएको प्योजिकेजिङ मेसिनमा युभी लाई लाइट बिगे्रको भेटिएकोले तत्काल मर्मत गर्न निर्देशन समेत दिएको छ ।
त्यसै गरि झरना पानी उद्योगमा सबै मापदण्डपुरा गरिएको स्वच्छ पानी भएको पाइएको थियो।
अनुगमनमा काहेलपुर नगरपालिका उद्योग सहकारी तथा उपभोग्ता हित संरक्षण उप शाखा प्रमुख अग्नि प्रसाद आर्चाय , खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जका खाद्य निरिक्षक एकराज बुढाथोकी, काहेलपुर नगरपालिका सामाजिक बिकास शाखा संयोजक अनिता बढा क्षेत्री,उद्योग बायिाज्य सघ कोहलपुरका प्रतिनिधी पबित्रा ढकाल,उपभोग्ता हित संरक्षण मंच कोहलपुरका सचिब एबं एभिन्युज खबरका बाँके सम्बादाता हुमहरी भट्टराई लगायतको सहभागीता रहेको थियो ।