गत एक साता देखि नेपालगन्ज र कोहलपुरमा लाग्दै आएको बाक्लो हुस्सु शीतलहरका करण यहाको जनजीवन कष्ठकर हुदै आएको छ लामो समय सम्म शीतलहर हुदा कोहलपुर क्षेत्रका बिद्यालय भने सन्चालन भइरहदा बिद्यार्थीहरु चिसोको कारण प्रभाबति भएका हुदा बिद्यालय तत्कालबन्द गर्नु पर्ने कोहलपुर नगरपालिका वडा न १२ अभिभाबक जनक केसी बताउछन ।
कोहलपुर क्षेत्रमा सन्चालनमा आएका बिद्यालयहरुे अहिले हुस्सु र शीतलहरका बिच सन्चालन भइरहेका छन बिद्यार्थी र अभिभाबक प्रति सम्बेदनशील हुन कोहलपुर नगरपालिका वडा न ५ का अभिभाक गंगाराम भण्डारी लेआग्रह गरेका छन । कोहलपुर नगरपालिकाको शैक्षिक क्यालेन्डरमा जाडो र गर्मी बिदा उल्लेख गरिएको छ मौसम अनुकुल नभएमा तत्कालै नगर क्षेत्र भित्रका बिद्यालयलाई नगरपालिकाले बन्द गराउन सक्ने अधिकार छ । कोहलपुर नगरपालिकासग नगर शिक्षा शाखाले कसरी समन्वय गर्दै छ भन्ने प्रश्नमा कोहलपुर नगरशिक्षा शाखाका अधिकृत रबिलाल मिजार आगामी आइतबार सम्म बिद्यालय बन्द गर्न नसकिने जानकारी दिए
पश्चिम बायु कम्जोर भएको कारणले कोहलपुर र नेपालगन्जको मौसम अझै तिन चार दिन बाक्लो हुस्सु र शीतलहर हुने सम्भावन रहेका जल तथा मौसम बिज्ञान कार्यालय कोहलपुरका नायब मौसम बिज्ञान सहायक अर्जुन भुसाल बताउनछन । कोहलपुरको तापक्रम दिन प्रतिदिन २ डिग्री सेल्सियसका दरले घटदै गएको जल तथा मौसम बिज्ञान कार्यालय कोहलपुरको रेकडमा उल्लेख गरिएको छ ।