नेपालगन्ज : सरकारी अस्पतालमा पश्चिम नेपालका तीन प्रदेशका अधिकांश बिरामीको रोजाईमा पर्ने गरेको नेपालगन्जको भेरी अस्पतालमा बिरामीको चापसंगै सेवा विस्तारमा चासो दिइएको छ । पश्चिम नेपालका २४ जिल्लाका बिरामीको सेवा दिँदै आएकोे भेरी अस्पतालले एउटा गौरवमय इतिहास बोकेको छ । लामो कालखण्डपछि अस्पतालको स्तरोन्ति गर्दै विशिष्टकृत सेवा प्रदान गर्ने सुविधा सम्पन्न अस्पतालका रुपमा स्थापित गर्न थालिएको छ । तर, अस्पताललाई समय सापेक्ष बनाउन अझै पनि धेरै चुनौती देखाँ परेका छन् । भेरी अस्पतालले प्रदान गर्ने विभिन्न सेवा मध्ये एक प्रभावकारी सेवा प्रसुती सेवा हो ।

अस्पतालले भोगचलन गर्दै आएको अदालतको जग्गा प्राप्ती गरी गुरुयोजना डिपिआर गरेर निर्माणका लागि हाल भएको १ करोड बजेट कार्यान्वयनमा ल्याउनु पर्नेमा जोड दिइएको हो । सांसद शर्माले दिनानु दिन प्रसुती सेवा लिने महिलाको संख्या बढ्दै गएको र सेवा विस्तार हुन नसक्दा प्रभावकारी सेवा हुन नसकेको कुरालाई ध्यानमा राख्दै विशिष्टकृत सेवामा जोड दिएको बताइन । उनले भेरी अस्पतालको समग्र सेवा बारे चासो व्यक्त गर्दै ५ सय वेड संचालन गर्न सबै सम्बद्ध निकायको भूमिका हुनु पर्ने बताइन । भेरी अस्पतालका मेडिकल सुपरीटेन्डेण्ट डा.पवनजंग रायमाझीले प्रसुती सेवा आवस्यक रहेको भन्दै समितिको बैठक बसेर प्रक्रिया अगाडि बढाइने बताए । छुट्टै प्रसुती सेवासंगै अभाव रहेका कर्मचारीको परिपूर्ति गरेर गुणस्तर सेवा विस्तार गरिनु पर्नेमा मेसु रायमाझीले जोड दिए ।
छलफलमा सहभागी भेरी अस्पताल विकास समितिका निवर्तमान सदस्य कृष्ण प्रसाद श्रेष्ठले अस्पतालमा समस्याका चांग रहेको भन्दै सबैभन्दा बढी अप्रेसन गर्न १ बर्ष सम्म्को समय लिनु पर्ने समस्या हल गर्न ध्यानाकर्षण गराए । डा. बद्री चापागाईंले अस्पतालमा प्राथमिकताको आधारमा सेवालाई अगाडि बढाउँदै लिनु पर्ने जोड दिए । डा. कृतिपाल सुवेदीले हाल अप्रेसन लगायत प्रसुती सेवामा भोग्नु परेको समस्याको समाधानका लागि नेपालगन्ज मेडिकल कलेज र भेरी अस्पतालवीच आमा सुरक्षा कार्यक्रममा सम्झौता गरेर जानु पर्ने बताए ।
विक्रम सम्बत् १९४७ सालमा साधारण चोट पटक लागेका बिरामीको उपचार गर्ने उद्देश्यका साथ स्थापना भएको नेपालगन्जको भेरी अस्पताल १३३ वर्षको इतिहास बनाउँदा विशिष्टकृत सेवा प्रवाहको दिशामा अगाडि बढ्दै गएको छ । लामो समयसम्म १५० वेड संचालित भेरी अस्पताल अब भने ५ सय वेड संचालनको तयारीमा अगाडि बढेको छ । भेरी अस्पताललाई संरचना, प्रविधि तथा उपकरणमैत्री र सेवा प्रवाहका रुपमा विकसित बनाउन सम्बद्ध निकायको ध्यान पुग्नु पर्ने युवा नेता मीनबहादुर मल्ल बताउँछन् ।