कोहलपुर : इलाका प्रहरी कार्यालय कोहलपुर परिसर भित्र निर्मित नागरिक सहायता कक्ष र महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको भवन समुदघाटन समारोहमा बोल्दै कार्यकमका प्रमुख अतिथि कोहलपुर नगर प्रमुख पुर्ण प्रसाद आचार्यले आफ्नो कार्यकाल भरी यस्तै भवन निर्माणका लागि पर्ने बताएका छ्न।
प्रमुख अतिथि कोहलपुर नगर प्रमुख आचार्यले सो कार्यक्रममा बोल्दै सुसासन र पारदर्शिता जरुरी रहेको र सुन्दर तिवारि अहिले सम्मका इलाका प्रहरी प्रमुख मध्ये सर्बोत्कृठ रहेको पाइएको बताए। कर्मचारीलाई दैनिक प्रसाशनिक काम गर्नको लागी राजनैतिक दलले हस्तक्षेप गर्न नहुने बताए । हामीले गर्ने हरेक काम जनताको हितमा हुने हुदा हामी जनता प्रति सधै बफदार रहनु पर्ने बताए । कार्यकममा बोल्दै विशिष्ट अतिथि लुम्बिनी प्रदेश प्रहरी प्रमुख डि आइ जि कुबेर कडायतले आफ्नो कार्यकालमा लुम्बिनी प्रदेशमा उत्कृष्ट सेवा प्रवाह गर्ने बताए। सोही अवसरमा विशिष्ट अतिथि बाकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले राजनीतिक दल बिना कुनै काम सम्भब नरहेको बताउदै कर्मचारीलाई तेरो मेरो नभनी नीति नियम अनुसार चल्न प्रेरित गर्नु पर्ने बताए।
बाके प्रहरी प्रमुख एस पि सुवास बोहोराले इलाका प्रहरी कार्यालय कोहलपुरमा भएको नबिनतम प्रयासलाई निरन्तरता दिने बिश्वास ब्यक्त गर्दै अरु कार्यालय प्रमुखले पनि अबका दिनमा सिको गर्ने बातावरण तयार भएको बताए थिए
डिएसपी सुन्दर तिवारिले इलाका प्रहरी कार्यालय कोहलपुर कार्यालय सन्देश मुलक गराउने प्रयास गरेको र सेवाग्रहीलाई घटनाको प्रकृति हेरेर दु्रत गतिमा कामको थालनी गरेको बताएका थिए । इलाक प्रहरी कार्यालय भित्र तस्वीरका मध्यमबाट यस क्षेत्रमा रहेका पर्यटीय स्थल ,ट्रफिक ब्यवस्थापन सम्बन्धी जनाकारी लगायतका बिषय बस्तुहरु देख्न सकिन्छ । कार्यक्रममा उत्कृष्ठ कार्य सम्पादन गर्ने प्रहरीलाई सम्मान समेत गरिएको थियो