३ माघ २०८१, बिहीबार
पाँच प्रदेशको आजको मौसम कस्तो छ

  • टाइम्स संवाददाता

  • १६ माघ २०८०, मंगलवार १२:४६

काठमाण्डाै : आज पाँच वटा प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा हल्कादेखि छिटपुट वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूपश्चिम प्रदेशका पहाडी एक/दुई ठाउँमा हल्कादेखि छिटपुट पानी पर्न सक्ने तर ठूलो पानी नपर्ने मौसमविद् गोविन्द झाले बताउनुभयो ।

नेपालमा अहिले पश्चिमी वायुको आंशिक प्रभाव छ । तराई मधेसमा आज पनि बाक्लो हुस्सु र कुहिरो लागेको छ ।

आज बिहान काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम तीन डिग्री सेल्सियस मापन भएको छ ।

Nabintech