३ माघ २०८१, बिहीबार
नेपाल टेलिभिजनको ३९औं बार्षिक उत्सव सम्पन्न

  • टाइम्स संवाददाता

  • १७ माघ २०८०, बुधबार २०:२८

कोहलपुर  :नेपाल टेलिभिजनले आफनो ३९ औं बार्षिकोत्सव कार्यक्रम भब्य समारोहका बिच सम्पन्न गरेको छ । कोहलपुर प्रशारण केन्द्रको सभाहलमा लुम्विनी प्रदेशसरकारका गृह मन्त्रि सन्तोष पाण्डेको प्रमुख आतिथ्यतामा कोहलपुर प्रशारण केन्द्रले ३९ औं बार्सिक उत्सब मनाएको हो । नेपाल टेलिभिजनको महत्वपुर्ण भुमिका रहेको चर्चा गर्दै मन्त्रि पाण्डे पर्यटन लाई बढवा दिन सरोकार वालालाइ निर्देशन दिएका छ्न। नेपाल निर्माणमा आम सञ्चारको महत्वपुर्ण भुमिका रहने भएकाले सकारात्मक सन्देश दिने सामाग्रि प्रशारण गर्न नेपाल टेलिभिजनलाई अनुरोध गरे । कोहलपुर प्रशारण केन्द्र कोहलपुरका प्रमुख विजय वर्माको अध्यक्षतामा कार्यक्रममा लुम्विनी प्रदेश भुमि ब्यबस्था तथा कृषि मन्त्रि भण्डारि लाल यादव, नेपाली काङग्रेस लुम्विनी प्रदेश संसदिय दलका प्रमुख सचेतक जन्मजय तिमिल्सिना, प्रदेश सभा सदस्य दुर्गा प्रसाद चौधरी, कोहलपुर नगर प्रमुख पुर्ण प्रसाद आचार्य, लुम्बिनी प्रदेश गृह सचिव लालवावु कुवारी,बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण पोखरेलले शुभकामना ब्यक्त गरेका थिए । नेपाल टेलिभिजन कोहलपुर प्रशारण केन्द्रका प्रमुख बिजय बर्मा र कार्यक्रम उत्पादन प्रमुख रामचन्द्र लोहारको स्वागत मन्तब्य रहेको थियो। बार्षिक उत्सवका अवसरमा दुई टेलिभिजनकर्मि सम्मानित भएका छन ।सम्मानित हुनेमा बाँकेबाट समाचारदाता रुद्र सुवेदी र बर्दियाका समाचारदाता डिल प्रकाश गौतम रहेका छन ।

नेपाल टेलिभिजन प्रादेशिक सम्मान पत्र सहित लुम्विनी प्रदेशका गृह मन्त्रि लगाएत अतिथीहरुले पत्रकार द्वयलाइ सम्मान पत्र सहित सम्मान गरेका थिय । टेलिभिजनकर्मि पुरषोत्तम सापकोटाले सञ्चालन गरेको कार्यक्रममा राजनीतिक कर्मी , पत्रकार एव जनप्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो।

Nabintech