३ माघ २०८१, बिहीबार
विश्व सामाजिक मञ्चको १६औँ संस्करण काठमाण्डौमा हुँदै

  • टाइम्स संवाददाता

  • १८ माघ २०८०, बिहीबार ११:४३

काठमाण्डौ   :   विश्व सामाजिक मञ्च (वर्ल्ड सोसियल फोरम) को १६औँ संस्करणको सम्मेलन आउँदो फागुन ३ देखि ७ गतेसम्म नेपालमा हुँदैछ । काठमाण्डौको भृकुटीमण्डपमा हुने कार्यक्रममा झण्डै एक सय देशका युवा, महिला, दलित, आदिवासी, किसान, मजुदरलगायत ५० हजारभन्दा बढी प्रतिनिधि भेला हुने आयोजक विश्व सामाजिक मञ्च नेपालले जनाएको छ ।

कार्यक्रममा संसारभर बढ्दो आर्थिक असमानता र गरिबीको कुरालाई बढी महत्व दिइने आयोजक समिति सदस्य डा. नेत्र तिमल्सिनाले बताउनुभयो । विश्व सामाजिक मञ्च, सन् २००१ मा ब्राजिलमा ‘के अर्को विश्व सम्भव छ ?’  भन्ने नाराका साथ शुरु भएको नागरिक अभियान हो ।

अर्को विश्व भनेको सामाजिक न्यायसहित, समतामूलक, पहिचानसहितको मर्यादित र गरिमामय जीवन जिउन पाउने विश्व भएको अभियान्ताले बताएका छन् । वैकल्पिक विश्वमा विश्वास राखेर थुप्रै सामाजिक आन्दोलन र अभियान भइरहेका छन् । यस्ता मुद्दामा एकै ठाउँमा भेला भएर छलफल गर्ने अभियानलाई विश्व सामाजिक मञ्च भनिन्छ ।

मञ्चमा महिला अधिकार आन्दोलन, किसान अधिकार आन्दोलन, मजदुर, युवा, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक, दलित अथवा जातीय विभेदमा परेका वर्ग समुदायका आवाज उठाइन्छ । कार्यक्रममा भारतका वातावरण अभियन्ता मेघा पाटेकर, पाकिस्तानकी मानव अधिकार अभियन्ता हिना जिलानी, क्युवाका महिला अधिकारकर्मी अलेजा ज्योवेरा लगायत संसारका प्रतिष्ठित व्यक्तिहरुको सहभागिता हुनेछ ।

Nabintech