८ पुष २०८१, सोमबार
विमानस्थल प्रकरण : असई निलम्बन, अधिकृतलाई विभागीय कारबाहीको सिफारिस

  • टाइम्स संवाददाता

  • १८ माघ २०८०, बिहीबार ११:४६

काठमाण्डौ :  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी र अध्यागमनका अधिकृतबीच भएको कुटाकुटको घटनाबारे छानबिन सकिएको छ । घटना छानबिन गर्न गठित सहसचिव थानेश्वर गौतम नेतृत्वको समितिले हिजो गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको छ ।

समितिले अध्यागमन कार्यालयका अधिकृत छायाँलाल मोक्तानलाई अध्यागमन कार्यालयबाट हटाइ विभागीय कारबाही गर्न र कुटपिटमा संलग्न असई सञ्जय तामाङलाई निलम्बन गर्न सिफारिस गरेको छ । गएको शुक्रवार विमानस्थलको अध्यागमन कार्यालयमा कर्मचारी र प्रहरीबीच विवाद र कुटाकुट भएको थियो ।

Nabintech