काठमाडौं : मलेसियाले आगामी १ मार्चदेखि आप्रवासी स्वदेश फिर्ता कार्यक्रम सुरु गर्ने भएको छ । यस कार्यक्रमबाट कागजपत्रविहीन विदेशी कुनै कारबाहीबिना नै आफ्नो देश फर्कन पाउने छन् । यद्यपि, केही शुल्क भने तिर्नुपर्ने छ ।
मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुशन इस्माइलका अनुसार, यस कार्यक्रमबाट कागजपत्रविहीन विदेशीलाई कारबाहीबिना नै स्वदेश फिर्ता पठाइने छ । मलेसिया सरकारले गत वर्ष डिसेम्बर ३१ मा समाप्त भएको क्यालिब्रेसन कार्यक्रम पुनः सञ्चालन गरिने र गैरकानुनी रूपमा बसेका कामदारले जरिमाना तिरेर आआफ्नो देश फर्किन सक्ने जनाएको छ ।