९ पुष २०८१, मंगलवार
नापी कार्यालय प्रमुख सहित ११ जना सवारी दुर्घटनामा घाइते

  • टाइम्स संवाददाता

  • २३ माघ २०८०, मंगलवार १३:४०

  सर्लाही :   सर्लाहीको मलंगवा नगरपालिका–११ गम्हरीया स्थित सवारी दुर्घटनामा परी नापी कार्यालय मलंगवाका कार्यालय प्रमुख संजय मानन्धरसहित ११ जना घाइते भएका छन । घाइतेहरु मध्ये ४ जनाको अवस्था चिन्ताजनक रहेको प्रादेशिक अस्पताल मलंगवाले जनाएको छ ।

गए राती ज २ ट १०६७ नम्वरको उखु बोकेको ट्याक्टर मलंगवा सडक खण्ड हुदै नवलपुरतर्फ गइरहेको र नापी कार्यालयको कर्मचारीहरु सवार बिआर ०६ पिबी ९६४८ नम्वरको भारतीय सफारी गाडी ठोक्किदा ११ जना घाइते भएका हुन् ।

घाइते हुनेहरुमा नापी कार्यालयका प्रमुख मानन्धरसहित बैधनाथ राउत , अजयकुमार यादव, बैजु यादव , रामलाल साह, संजीवकुमार मण्डल, दिपेन्द्र यादव, विनोद घिमिरे, शाहिद अनवर र रामबाबु राय रहेका छन् । घाइते सबैजना नापी कार्यालय सर्लाहीका कर्मचारी हुन् । घाइतेहरु मध्ये ४ जनाको अवस्था चिन्ता जनक रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता दिपेन्द्र पजियार थारुले जानकारी दिए ।

सिकिस्त ४ जनासहित ७ जना प्रादेशिक असपताल मलंगवामा उपचार गराई थप उपचारको लागि बीरगंज तथा काठमाडौंको लागि रेफर गरिएको प्रहरी प्रवक्ता थारुले जानकारी दिए । घटना ’bout अन्य अनुसन्धान भैरहेको र थप विवरण आउन बाँकी रहेको प्रवक्ता थारुले बताए ।

Nabintech