कालिकोट । कुष्ठरोगका बिरामीहरु चेकजाँच गर्न स्वास्थ्य संस्थामा आउन नमान्ने गरेको पाइएको छ । स्वास्थ्य सेवा कार्यालय कालिकोटले जिल्लामा कुष्ठरोग सम्बन्धी गरेको अन्तरक्रिया कार्यक्रममा यस्तो बताइएको हो ।कुष्ठरोगीहरु आफ्नो स्वास्थ्य अवस्थावारे चेकजाँच गर्न नमान्ने जिल्ला भन्दा बाहिर गएर जाँच गर्ने गरेको स्वास्थ्य सेवा कार्यालयका स्रोतव्यक्ती जगदिश नेपालीले बताए । परम्परागत रुपमा गाउँ समाजमा कुष्ठरोगीलाई गरिने अवहेलना र विभेदका कारण सजिलै तरिकामा स्वास्थ्य चेकजाँच गर्न आउन मान्दैनन्। अन्तिम अवस्था भइसकेपछी वाध्य भएर बाहिर जिल्ला जाने गरेका छन ।