७ पुष २०८१, आईतवार
गुल्मीमा १४ वटा झोलुङ्गे पुल निर्माणाधीन

  • टाइम्स संवाददाता

  • २४ माघ २०८०, बुधबार ०९:५९

  गुल्मी  :  गुल्मीमा १४ वटा झोलुङ्गे पुल निर्माणाधीन छन् । सस्पेन्सन बृज डिभिजन कार्यालय, सडक पूर्वाधार विकास कार्यालय र सिर्जनशील सामुदायिक विकास केन्द्रले हेर्ने गरी जिल्लाका विभिन्न स्थानमा १४ वटा झोलुङ्गे पुलको निर्माण कार्य भइरहेको छ । सस्पेन्सन बृज डिभिजन कार्यालयले हेर्ने गर यहाँ दुई वटा झोलुङ्गे पुलको निर्माण कार्य भइरहेको छ । जसमा मालिका गाउँपालिकाको निस्तीखोला चुत्राबोट लाकुरी जोड्ने झोलुङ्गे पुलको जग खन्ने काम भइरहेको सस्पेन्सन बृज डिभिजन कार्यालयका सिनियर डिभिजनल इन्जिनियर प्रेमनारायण बस्यालले जानकारी दिनुभयो ।

३७० मिटर लम्बाई भएको निर्माणाधीन यो झोलुङ्गे पुल एक करोड ८० लाख लागतमा निलगिरी निर्माण सेवा प्रालिसँग २०७८ असोज १३ गते सम्झौता भएअनुसार २०८० चैत ४ गतेसम्ममा निर्माण कार्य सम्पन्न गर्नुपर्ने अवधि रहेको छ । रेसुङ्गा नगरपालिका–२ उदिनढुङ्गा रैदि खोला रेसुङ्गा नगरपालिका–७ साखिने जोड्ने झोलुङ्गे पुलको सिभिल कार्य सम्पन्न भएको छ । स्टिल पार्टस् ढुवानी बाँकी रहेको उहाँले बताउनुभयो । ३७० मिटर लम्बाई भएको निर्माणाधीन यो झोलुङ्गे पुल एक करोड ८४ लाख २४ हजार लागतमा निलगिरी निर्माण सेवा प्रालिसँग २०७८ असोज १३ गते सम्झौता भएअनुसार २०८० चैत ४ गतेसम्ममा निर्माण कार्य सम्पन्न गर्नुपर्ने अवधि रहेको छ ।

Nabintech