९ पुष २०८१, मंगलवार
हिरा जस्तै हो उपल्लो डोल्पा तर राज्यले चिन्न सकेन

  • टाइम्स संवाददाता

  • २४ माघ २०८०, बुधबार १०:११

सुर्खेत :  उपल्लो डोल्पामा संघीय संरचनामा देश नजादै खासै चर्चामा आउने गरेको थिएन। माथिल्लो भेग भएकाले चिनको सिमानासँगै भाषागत समस्यले गर्दा पनि उपल्लो डोल्पाका हरेक संस्कारहरु सबैसँग मिल्ने अवस्था थिएन।

संघीयतासँगै स्थापना भएका स्थानीय तहले अहिले उपल्लो डोल्पालाई अन्य ठाउँसँग जोड्ने काम गरेको छ। फोन सेवा, इन्टरनेट , सडक निर्माण,खानेपानी, सौर्य मिनिग्रेट विद्युत उत्पादन शिक्षालाई महत्व दिँदा अहिले उपल्लो डोल्पा राज्यको नीति निर्माण तहमा बस्नेसँग प्रश्न गर्ने हैसियात बनाएको छ।

डोल्पोबुद्ध गाउँपालिका र शे-फोक्सुण्डो गाउँपालिकाको सिमाना ‘सिमेन’ देखि गाउँपालिका केन्द्र साल्दाङ सम्म एक खण्ड र साल्दाङदेखि काराङ गाउँसम्मको अर्को खण्ड दुई खण्डमा सडक निर्माण भएसँगै यहाँका सर्बसाधारणहरु खुसी भएका छन्।

तत्कालीन जिल्ला विकास समितिले बिनियोजन गरेको रकमले उपल्लो डोल्पालाई सम्वोधन नगरेको तितो यर्थाथ यहाँका स्थानीयबासीहरु बताउँछन्।

Nabintech