१८ बैशाख २०८२, बिहीबार
सीआईबी प्रमुख किरण बज्राचार्यकाे सरुवा,

  • टाइम्स संवाददाता

  • ३ चैत्र २०८०, शनिबार ०७:३८

काठमाण्डाै  : सरकारले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यलाई सरुवा गरेको छ । बज्राचायको ठाउँमा अर्का एआईजी श्याम ज्ञवालीलाई सीआईबी प्रमुख बनाउने निर्णय गरेको मन्त्रिपरिषद्काे बैठकपछि सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद् बैठकले बज्राचायलाई प्रहरी प्रधान कार्यालय कार्य विभागमा पठाएको छ । सुन तस्करी प्रकरणको अनुसन्धानमा लापर्बाही गरेको भन्दै जाँचबुझ आयोगले बज्राचार्यलाई विभागीय कारबाही गर्ने सिफारिस गरेपछि मन्त्रिपरिषद्ले सीआईबीको नेतृत्व हेरफेर गरेको हो ।

Nabintech