काठमाडौँ : सुनको अवैध तस्करीमा संलग्न भएको आरोपमा पक्राउ परेका पूर्वसभामुख तथा नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० का उपाध्यक्ष कृष्णबहादुर महरासँग बयान लिन सुरु गरिएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँको रोहबरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले महरासँग बयान सुरु गरिएको ब्युरोका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिएका छन । विद्युतीय सिगरेट ९भेप० भित्र लुकाएर तस्करीमार्फत ल्याएको नौ केजी सुनका चिनियाँ तस्करसँग महरासँगको सम्पर्क देखिएपछि प्रहरीले महरालाई कपिलवस्तुबाट पक्राउ गरी आइतबार काठमाडौँ ल्याएको थियो