कोहलपुर : जैबिक संरक्षणको सवाल , चुनौती र अबसर बिषयक जैबिक चौतारी कार्यक्रम बाँकेको शम्शेरगन्जमा सम्पन्न भएको छ । पछिल्लो समय जैबिक सवालका बिषयमा आम नागरिकहरुलाई कर्मै मात्र जानकारी भएको पाइन्छ । जैबिक बिबिधताको संरक्षण नहुदा बातावरणमा कस्ता खाले असरहरु देखा पर्दछन यीनीहरुको संरक्षणको लागी वन र बातावरण सगं सरोकार राख्ने निकायहरुको भुमिकालाई कसरी सक्रिय गराउन सकिन्छ भन्ने बिषयमा जैबिक चौतारी कार्यक्रममा छलफल भएको थियो ।
डिभिजन वन कार्यालय बाँकेको डिभिजनल वन अधिकृत अजित कुमार कर्णले जैबिक चौतारी कार्यक्रमले जैबिक संरक्षणको सवालमा आम सरोकारवाल निकायहरुलाई सचेत गराइरहेको र यसका सरोकारवाल निकायहरुसगको छफल कार्यक्रम प्रभाबकारी भएको बताएका थिए । संरक्षणमा सामुदायिक वनले खेलेको भुमिका प्रभाबकारी भएको डिभिजनल वन अधिकृत अजित कुमार कर्णले बताए ।
संरक्षणमा देखिएका चुनौती , सवाल र शम्शेरगन्ज सव डिभिजन वन कार्यालयले गरिरहेका कामका बिषयमा सहायक वन अधिकृत सुशिल सुबेदीले जानकारी दिएका थिए । संरक्षणका सवालमा पछिल्लो समयमा बस्तीस्तरमा पुराउनको लागी यस्ता खाले चौतारीमा गरिएका कार्यक्रमले ठुलो भुमिका खेल्ने बताए ।
कार्यक्रममा राप्ती सोनारी गाउपालिका वडा न ८ का वडा अध्यक्ष शालिक राम डाँगीले यो कार्यक्रम समय सान्र्दभि भएको बताएका थिए र यस्ता कार्यक्रमलाई निरन्तरता दिनु पर्ने बताएका थिए । कार्यक्रम बातावरण संरक्षण र जैबिक बिबिधताको बिषयमा गी्र्रनपीस माध्यमिक बिद्यालयकाले खेलेको भुमिका र बातावरण अनुकुल बनाउन गी्रनपिस माबिले गरेका प्रयासका बिषयमा बिद्यालयका सस्थापक बिएल भारती र प्रिन्सीपल बिष्णु बिक्रम शाहीले जानकारी दिएका थिए । जैबिक बिबिधता र वातावरण संरक्षणको क्षेत्रमा काम गरेको बिद्यालय कोहलपुर क्षेत्रमै यो पहिलो बिद्यालय हो ।
जैबिक बिबिधता के हो र यसको संरक्षणको किन आबश्यक छ , बातावरण संरक्षणको चुनैतिहरु के के छन र संरक्षणमा मिडियाको भुमिका के हुनु पर्दछ र युथ मियडयाले संरक्षणमा खेलिरहेको भुमिकाको बिषयमा युथ मिडिया हबकी कार्यक्रम संयोजक बिरङ्गना योगीले जानकारी दिइकी थिइन ।
जैबिक चौतारी कार्यक्रममा १९ वटा सामुदायिक वनका प्रतिनिधीहरुले संरक्षण खेलेको भुमिकाको बिषयमा जानकारी गराएका थिए । कार्यक्रममा संरक्षणमा सन्चार कर्मीहरुको भुमिकाको बिषयमा बैकुन्ठ प्रसाद अधिकारीले जानकारी दिएका थिए। कार्यकम ६ बुदे सार्बजनिक प्रतिबद्धता पत्र जारी गरिएको थियो ।
बन डढेलो नियनत्रण को लागी सार्बजनिकरुपमा पैरवी गर्नु पर्ने , सामुदायिक वनका सदस्यहरुलाई सिपमुलक तालिम दिनु पर्ने लगायतका बुदाहरु युथ मिडियाका सन्चार सदस्य सरला सुबेदीले पढेर सुनाएकी थिइन । कार्यक्रमको सहजीकरण युथ मिडिया हबका निर्देशक हुमहरी भटटराई गरेका थिए