११ श्रावण २०८१, शुक्रबार
८९ लाख मूल्यको मुस्ताङ गोल्ड रक्सी बरामद

  • टाइम्स संवाददाता

  • १ जेष्ठ २०८१, मंगलवार १०:४७

८९ लाख मूल्यको मुस्ताङ गोल्ड रक्सी बरामद

ढल्केबर :  इलाका प्रहरी कार्यालय ढल्केबर धनुषाले  बिल बिजकभन्दा बढी मदिरा लोड गरिएको एउटा ट्रक नियन्त्रणमा लिएको छ । धनुषाको मिथिला नगरपालिका–६, ढल्केबर चोकबाट सोमबार साँझ मुस्ताङ गोल्ड ब्रान्ड मदिरा बोकेको मालवाहक एउटा ट्रक नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक राजकिशोर साहले बिल बिजकभन्दा बढी सिलबन्द मदिरा भेटिएपछि सो मदिरासहित ट्रक नियन्त्रणमा लिएको बताउनुभयो । जाँचको क्रममा बाग्मती प्रदेश ०१–००४ क २७२१ नम्बरको ट्रकमा मुस्ताङ गोल्ड ब्रान्डको छ सय कार्टुन मदिरा रहेको र उक्त मदिरा बिल बिजकभन्दा बढी रहेको उहाँले जानकारी दिनुभयो ।

नियन्त्रणमा लिएको ट्रक र मदिराको अनुमानित ८९ लाख ४६ हजार नौ सय रुपियाँ कायम गरेर थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइने प्रहरी निरीक्षक साहले बताउनुभयो ।

Nabintech