८ मंसिर २०८१, शनिबार
कर्णालीका मुख्यमन्त्रीका चार योजना सार्बजनिक

  • टाइम्स संवाददाता

  • २ जेष्ठ २०८१, बुधबार ११:००

सुर्खेत :  कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेश समृद्धिका लागि चार वटा योजना अघि सार्नुभएको छ । मुख्यमन्त्री भएको एक महिनापछि उहाँले कर्णालीको विकास र समृद्धिका लागि आफूले चार वटा योजना मात्र अगाडि सारेको बताउनुभएको हो । यसै गरी दोस्रो योजनामा कोहलपुरदेखि सुर्खेत जोड्ने रत्न राजमार्गलाई चार लेनको बनाउनुपर्ने, तेस्रो योजनामा प्रदेश राजधानीमा रहेको सुर्खेत विमानस्थल विस्तार र स्तरोन्नति गर्नुपर्ने र चौथो योजनामा सुर्खेत विमानस्थललाई कर्णालीको आन्तरिक उडानको केन्द्र बनाउनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

उहाँले मङ्गलवार सुर्खेतमा पत्रकार भेटघाट गर्दै प्रस्तुत गरिएको ती योजनामा सडक र विमानस्थल विस्तारसँग सम्बन्धित छन् । सुर्खेतदेखि हुम्ला जोड्ने कर्णाली कोरिडोर, सुर्खेतदेखि डोल्पा जोड्ने भेरी करिडोर तथा कालीकोटदेखि मुगु जोड्ने नाग्चेलाग्न सडकलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरी पर्याप्त बजेट दिई काम गर्नुपर्ने उहाँको पहिलो योजना हो ।

 

Nabintech