८ पुष २०८१, सोमबार
पर्वतका माहुरी कृषकहरु मर्कामा

  • टाइम्स संवाददाता

  • ५ जेष्ठ २०८१, शनिबार १४:४३

कोहलपुर :  मौसममा आएको लगातारको फेरबदलका कारण पर्वतका माहुरी कृषकहरु मर्कामा परेको बताएका छन । कृषकहरुले माहुरीले घार विस्तार गर्ने मौसममा असीना र लगातार परेको वर्षाका कारण मह उत्पादनमा कमी आएको बताएका हुन । उत्पादन नहुँदा घार सहीतको माहुरी विक्रीमा समस्या भएको बताएका हुन । १७ वर्ष देखी माहुरी व्यवसाय गर्दै आएका मोदी गाउँ पालिका दुई देउपुरका कृषक टिकाराम तिमल्सेनाले विगतका वर्ष भन्दा यस वर्षको ुनाफा कम भएको बताए ।
महभिरमाहुरी उद्योग तथा मह प्रशोधन केन्द्र १७ माहुरी व्यवसायमा लागेका तिमिल्सिनाले माहुरी र सुन्तला खेती पनि गर्दै आएका छन । गएको साउनमा एभिन्युज खबरमा समाचार सम्प्रसण भएपछि चालु वर्षमा अनुदान पाएका तिमल्सेनाले ९ परिवारको मुख्य पेशा माहुरी रहेको जनाएका छन् । प्रतिवर्ष तीनदेखी चार क्विण्टल मह उत्पादन र स्थानीय बजारमा मह बिक्रि गर्दै आएका उनले यस वर्ष कोवीड १९ को नियन्त्रणका लागि जारी लक डाउनले माहुरी सहीतको घारको बजार रोकीएका कारण आम्दानीमा घाटालागेको बताए ।
उच्च पहाडी भेग घर नजिकै सालको वन र छिमेकमा सुन्तला पकेट रहेको वस्तीमा माहुरीको चरन राम्रो भएको फस्टाउँदै गएको हो । अहीले दुई साता अगाडी सम्म आएको लगातारको असीना समीतको वर्षाका कारण उत्पादन घटेको किसानहरुले बताएका छन् । किसानहरुलाई कृषि निर्देशनालाय मार्फत पनि सहयोग भईरहेको छ ।
तिमल्सेनाले मह र माहुरी सहीतको घार विक्रि गरेर वर्षेनी दश देखी १५ लाख कारोवार गर्दै आएका छन् । पर्वतको मोदी गाउँ पालिकाको देउुपुरको महभिर मह र माहुरीका लागि प्रख्यात मानीदै आएको छ ।

Nabintech