२३ भाद्र २०८१, आईतवार
खानी तथा भूगर्भ विभागद्वारा दाङका सिमेन्ट उद्योगहरूको चुनढुङ्गा उत्खनन् बन्द

  • टाइम्स संवाददाता

  • ६ जेष्ठ २०८१, आईतवार १०:५६

खानी तथा भूगर्भ विभागद्वारा दाङका सिमेन्ट उद्योगहरूको चुनढुङ्गा उत्खनन् बन्द

दाङ  : खानी तथा भूगर्भ विभागले दाङको विभिन्न स्थानमा रहेका सिमेन्ट उद्योगहरूको चुनढुङ्गा उत्खनन् कार्यलाई बन्द गराएको छ ।

विभागले दाङको बंगलाचुली गाउँपालिकाको विभिन्न वडामा रहेको सम्राट सिमेन्ट कम्पनी प्रा.लि., सगरमाथा सिमेन्ट उद्योगको विश्वकर्मा माईन्स एण्ड मिनरल्स प्रा.लि., र शुभश्री अग्नी सिमेन्ट उद्योग लिमिटेड र बबई गाउँपालिकाको दाङ सिमेन्ट ईन्डस्ट्रिज प्रा.ली.को चुनढुङ्गा उत्खनन् कार्यलाई रोक लगाएको हो ।

सिमेन्ट उद्योगहरूले खानी तथा खनिज पदार्थ नियमावली, २०५६ को नियम १९ को देहाय (ङ) बमोजिम खनिज पदार्थ भण्डारण गर्ने तथा जम्मा गर्ने स्थलमा खनिज कार्यको परिमाणको नाप गर्ने यथोचित यन्त्रहरू राख्नुपर्ने कानुनी प्रावधान अनुसार उत्खनित परिमाणको मापन गर्ने यथोचित यन्त्र (तौलपुल) राख्नुपर्नेमा नराखेको भन्दै खनिज उत्खननको निर्देशन दिएको विभागद्वारा जारी पत्रमा उल्लेख गरिएको छ ।

खानी तथा भूगर्भ विभागले खानी तथा खनिज पदार्थ ऐन २०४२ को दफा २५ (३) बमोजिम खानीबाट उत्खनन् र खानी सञ्चालन स्थगन गराएको जारी पत्रमा उल्लेख गरिएको छ ।

Nabintech