८ पुष २०८१, सोमबार
कृत्रिम रूपमा पकाइएको आँप हानिकारक

  • टाइम्स संवाददाता

  • १२ जेष्ठ २०८१, शनिबार १०:४७

कोहलपुर  : आँप फलेपछि छिट्टोमा जेठको अन्तिमदेखि मात्र पाक्न थाल्छन् र त्यो खानयोग्य हुन्छ तर यहाँ बजारमा दुई-तीन महिनादेखि पाकेको आँप छ्यापछ्याप्ती पाउन थालेका छन् । बजारमा अहिले बिक्रीवितरण भइरहेको आँप खानयोग्य छैन किनभने ती आँपलाई कृत्रिम ढङ्गले रासायनिक पदार्थ हालेर प्रयोग गरी पकाएर बिक्रीवितरण गरिरहेको विज्ञहरू बताउँछन् ।

काँचो आँपलाई क्याल्सियम कार्बाइड जस्ता रासायनिक पदार्थ प्रयोग गरेर पकाउने गरेका छन् जो स्वास्थ्यका लागि एकदमै हानिकारक छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव सञ्जीव कर्णले बजारमा अहिले बिक्री भइरहेको आँप कार्बाइड हालेर पकाइएको छ कि छैन त्यो परीक्षणबाट मात्र पुष्टि हुने बताउनुभयो ।

Nabintech