८ पुष २०८१, सोमबार
सडक सुरक्षाका लागि ठकुरी एकता समाजद्धारा अभियान सुरु

  • टाइम्स संवाददाता

  • १३ जेष्ठ २०८१, आईतवार ०६:५५

कोहलपुर, पछिल्लो समय दुर्घटनाका संख्या बड्दै गएको अवस्थामा कोहलपुर नगर पालिका वडा न ३ मा रहेका ठकुरी एकता समाज ले दुर्घटना न्यूनिकरण अभियान सुरु गरेको छ ।
समाजले मदनचोकमा दुई वटा जेब्रा क्रसिङ्ग र ४ वटा सचेतनामूलक होडिङ बोर्ड राखेको छ ।
ठकुरी एकता समाजका अध्यक्ष हिमालजंग शाहले पूर्वपश्चिम राजमार्ग अन्र्तगत मदनचोक क्षेत्रमा बढि दुर्घटना हुने भएकोले दुर्घटना न्यूनिकरण गर्नका लागि सचेनामुलक वोर्ड र जेब्रा क्रसिङ्ग निर्माण गरिएको बताउनु भयो ।

‘सामाजिक क्षेत्रमा युवाहरु लागिपरेका छौं,’ उनले भने, ‘यस्ता अभियान निरन्तर सञ्चालन गर्नेछौं ।’ कोहलपुर नगरपालिका क्षेत्रभित्रका विभिन्न स्थानहरुमा समेत ट्राफिक सम्बन्धी जनचेतनामुलक वोर्डहरु राख्नुपर्ने अति आवश्यक रहेको भन्दै कोहलपुर नगरबासीहरुलाई सहयोगका लागि अनुरोध समेत गरे ।

ठकुरी एकता समाजका सल्लाहकार केशव शाहीले युवाहरुलाई सामाजिक क्षेत्रमा अग्रसर गराउनुपर्नेमा जोड दिएका थिए ।
‘सवल, सक्षम, नेतृत्व गर्न सक्ने युवाहरुलाई हामीले सहयोग गर्नुपर्छ,’ उनले भने, ‘समाजमा विभिन्न विकृतिहरु फैलिरहेको छ जुन समाजका लागि परिवर्तनका लागि काम गर्न खोज्ने युवाहरुलाई साथ, सहयोग र सुझावहरु दिनुपर्छ ।

कोहलपुर नगरपालिका वडा नं। ३ का सम्पूर्ण जनताहरुको साथ सहयोगको अपेक्षा सहित अझै ठकुरी एकता समाजलाई सबै वडा वडामा लैजाने योजना समेत रहेको सल्लाहकार शाहीले बताउनु भयो । यस्तै उहाले सडक सुरक्षा सबै ट्राफिक प्रहरिको जिम्मा नभइ आम जनताले अपनाउने सडक सुरक्षा पनि रहेको बताउनु भयो ।

यस्तै जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख गोपीकृष्ण सुवेदीले पूर्वपश्चिम राजमार्ग अन्तर्गत मदन चोकमा जेब्रा क्रसिङ नहुदा बाटो काट्न समस्या रहेको थियो अब समस्या नहुने बताए । ठकुरी एकता समाजले एउटा राम्रो र स¥हानिय काम गर्नुभएकोमा धन्यवाद समेत दिएका थिए ।


कार्यक्रममा कोहलपुर नगरपालिका ४ का वडा अध्यक्ष मुवारक अलि गुजर, ३ नम्बर प्रहरी विटका प्रमुख कमल बहादुर केसी, अस्थाई ट्राफिक प्रहरी पोष्टका इन्चार्ज डिल बहादुर शाही, मदनचोकका इन्चार्ज लोक बहादुर कठायत, कोहलपुर नगर प्रहरी प्रमुख वीर बहादुर थापा लगायत स्थानिएहरुको सहभागिता रहेको थियो ।

Nabintech