८ पुष २०८१, सोमबार
बाँकेको राप्तीसोनारीमा चट्याङ लागेर १ जना महिला र ३ वटा बाख्राको मृत्यु

  • टाइम्स संवाददाता

  • १३ जेष्ठ २०८१, आईतवार २१:०७

बाँकेको राप्तीसोनारीमा चट्याङ लागेर १ जना महिला  र ३ वटा बाख्राको मृत्यु

 

राप्तिसोनारी : बाँकेको राप्तिसोनारी गाउँपालिका वडा नम्बर ८ खल्ला गाउँ बस्ने बर्ष ४० की पुतला खत्री र ३ वटा बाख्राको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

आज साँझ करिब ४:३० बजे घण्टेश्वरी सामुदायिक बनमा बाख्रा चराउन गएको अवस्थामा हावाहुरी पानी परी चट्याङ लागी पुतला खत्री र ३ वटा बाख्राको घटनास्थलमानै मृत्यु भएको हो ।

उनी सँगै बाख्रा चराउन गएका सोही ठाउँ बस्ने बर्ष ४२ की देबा घर्ती, बर्ष ३६ की लिला खत्री र बर्ष २६ की कलमी बुढा चट्याङ लागेर घाइते भएका छन् ।

घाईते तिन जनालाई स्थानिय झलक मेडिकल जिरो बजार शम्शेरगंज बाँकेमा ल्याई उपचार भईरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

Nabintech