काठमाडौं :सरकारले कर्मचारीको तलब सुविधा नबढाउने भएको छ । मंगलबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले पेश गरेको आगामी आर्थिक वर्ष २०८१/८२को बजेट वक्तव्यमा वर्षमान पुनले कर्मचारीको तलबमान वृद्धिको घोषणा गरेनन् ।
पछिल्लो पटक सरकारले १ साउन २०७९ देखि लागू हुनेगरी कर्मचारीको नयाँ तलबमान कायम गरेको थियो । त्यतिबेला निजामती कर्मचारी, सेना, प्रहरी, शिक्षक, स्वास्थ्य सेवा, संसद सेवा, प्रदेश तथा स्थानीय तहका कर्मचारीका लागि नयाँ तलबमान कायम गरिएको थियो ।