८ पुष २०८१, सोमबार
सम्पर्क नआएका झन्डै ९ सय वटा सहकारी खारेजी गर्न सुझाव

  • टाइम्स संवाददाता

  • २१ जेष्ठ २०८१, सोमबार ०५:३९

काठमाण्डाै : काठमाण्डौ महानगरपालिका कार्यक्षेत्र भई सम्पर्कमा नआएका झन्डै नौ सय वटा सहकारीको दर्ता खारेजी गर्न विज्ञले सुझाव दिएका छन् ।

काठमाण्डौ महानगरपालिकाको सहकारी विभागले हिजो ‘सहकारी उत्थानका लागि अध्ययन, अनुसन्धान’ विषयक कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा सहकारी विज्ञ काशिराज दाहालले पहिले परिपत्र गर्न, त्यसको जवाफ प्राप्त नभए ठेगाना उल्लेख गरेर सञ्चालक, सदस्य, बचतकर्ताहरूका नाममा सम्पर्क गर्न सार्वजनिक सूचना जारी गर्न र यति गर्दा पनि कोही सम्पर्कमा नआए खारेजीको प्रक्रियामा लैजान सुझाव दिनुभयो ।

Nabintech