यस वर्षको मनसुन जेठ ३१ देखि असोज १७ सम्म रहने छ । त्यस अवधिमा १८ लाख जनसङ्ख्या प्रभावित हुने अनुमान गरिएको छ । मनसुन अवधिमा अत्यधिक वर्षाका कारण बाढीपहिरो र डुबानबाट देशभर चार लाख १२ हजार घरपरिवारका १८ लाखभन्दा बढी जनसङ्ख्या प्रभावित हुने अनुमान गरिएको छ ।
कोहलपुर : गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार परेको पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८१ सोमबार पारित भएको छ ।
प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले यस वर्षको मनसुनजन्य विपत्बाट ८३ हजार परिवार प्रभावित हुने तथा १८ हजार परिवारलाई प्रत्यक्ष रूपमा राहत उपलब्ध गराउनुपर्ने अनुमान गरिएको बताउनुभयो ।
मनसुनजन्य विपत्मा परेका नागरिकको उद्धार, पुनस्र्थापना तथा राहतका लागि नेपाली सेनाका १० हजार ८४७, सशस्त्र बल नेपालका नौ हजार ९२४ र नेपाल प्रहरीका १० हजार ५८५ गरी ३१ हजारभन्दा बढी सुरक्षाकर्मी प्रत्यक्ष रूपमा परिचालन गर्ने तयारी गरिएको छ ।
यस अवधिमा सबैभन्दा धेरै कोशी प्रदेश र सबैभन्दा कम कर्णाली प्रदेश मनसुनजन्य विपत्बाट प्रभावित हुने अनुमान प्राधिकरणले गरेको छ । कोशी प्रदेशमा मात्र २२ हजार घरपरिवार प्रभावित हुन सक्ने र पाँच हजार घरपरिवारलाई उद्धार र राहत आवश्यक पर्ने अनुमान गरिएको छ । कोशी प्रदेशका झापा, मोरङ, सुनसरी र उदयपुर बाढीबाट र बाँकी सबै जिल्ला पहिरोबाट प्रभावित हुने अनुमान गरिएको छ । यसै गरी मधेश प्रदेशमा यस वर्ष २० हजार घरपरिवार प्रत्यक्ष प्रभावित हुने र चार हजारभन्दा बढी घरपरिवारलाई उद्धार तथा राहत आवश्यक पूर्वअनुमान गरिएको छ ।बिपत ब्यवस्थापनमा पालिकाको तयारी कुनै रहको छैन