कोहलपुर : बाणिज्य र श्रम उपभोक्ता संसदिय समितिका सभापती माननीय अब्दुल खान र कोहलपुरका साना उधोगिहरु बिच अन्तर्कृया कार्यक्रम कोहलपुरमा सम्पन्न भएको छ। अन्र्तक्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथि खानले उधोगी ब्यवसायी र उपभोक्ताका समस्याहरु सदनमा प्रस्तुत गर्ने बताए। साना उधोगी ब्यवसायी एव पत्रकारका जिज्ञासाको उतरदिदै समस्या समाधानका लागि आफू कटिबद्ध रहेको बताए। नेपाल घरेलुु तथा साना उद्योग महासङ्ह कोहलपुरका अध्यक्ष हेम बिक्रम जिसिको अध्यक्षतामा भएको कार्यक्रममा मधु खडका, शेस्कान्त शर्मा, बिष्णुप्रसाद बेल्बासे, जयस्वर पौडेल लगायतको सहभागिता रहेको थियो। कार्यक्रममा दुई दर्जन बढी ब्याक्तित्वहरुको सहभागिता रहेको थियो। उधोगिका समस्या, उपभोग्य बस्तुको अनुगमन बजारीकरण लगायतका समस्या बारे व्यापक छ्लफल गरियको थियो। लघु उधमिहरुकालागी राम्रो नीति नरहेको घरेलुु महासङ् बाके अध्यक्ष मधु खडकाले बताइन।