१३ असार २०८१, बुधबार
शक्तिसाली सहकारी प्राधिकरण गठन गर्ने तयारी:मन्त्री अधिकारी

  • टाइम्स संवाददाता

  • ५ असार २०८१, मंगलवार ०६:४७

कोहलपुर : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सरकार सन्चालनमा कुनै समस्या नरहेको बताएका छ्न ।
मन्त्री अधिकारीले सो कुरा आज नेकपा एमाले बाके द्वारा आयोजित भेट्घाट कार्यक्रममा बताएका हुन।
कार्यक्रममा उहाँलेगरिबी निवारण सम्बन्धि कार्यक्रममा एकरुपता ल्याउने प्रयास भैरहेको र सहकारी सन्चालनका समस्याहरु हलगर्दै जाने काम भैरहेको बताउनु भयो।
नेपालभर संघ, प्रदेश र स्थानीय तहमा गति३१ हजार ४ सय ५० सहकारी रहेको जानकारी जनाउदै शक्तिसाली सहकारी प्राधिकरण गठन गर्ने तयारी भैरहेको साथैतल्ल्लो बर्गका सहकारी पिडितहरुलाइ न्युनतम ५ लाख सम्म ऋण सहयोग दिने योजना रहेको बताउदै
ठुलो २० वटा समस्याग्रस्त सहकारी रहेकोमा ३ वटाको सम्स्या समाधान भैसकेको जानकारी दिनु भयो।
भेट्घाटका अवसरमा मन्त्री अधिकारी लेभुमी मन्त्रालय अन्तर्गत सुधारका काम भैरहेका र समस्या हटाउन
एकीकृत एन बनाएर काम गर्नु पर्ने जरुरी रहेको बताउनु भयो।
१० बर्षको बसोबास को प्रमाण भए जमिन उपलब्ध हुने ब्यवस्था रहेको छ उहाले भन्नू भयो।
सुकुम्बासी सम्स्या बारे बोल्दै उहाले आयोग बारे अदालतमा मुद्दा रहेकाले अदालत को निर्णय पछी प्रक्रियामा जाने दिदै सहकारीको ऋण नतिरने ऋणिलाई कालो सुचिमा राख्ने कानुन बनिरहेको बताउनु भयो।
सिमा बिबाद बारे राखिएको जिज्ञासा्मा मन्त्री अधिकारिले सिमा बिबाद आपसी समझदारीमा टुंगोमा पुर्याइने बताउनु भयो।
कार्यक्रमको अध्यक्षता एमाले बाके अध्यक्ष निरक गुरुङ र सन्चालन सचिब बलराम भट्टराईले गर्नु भएको थियो।

Nabintech