७ पुष २०८१, आईतवार
अमेरिकमा बर्ड फ्लू तीव्ररूपमा फैलियो

  • टाइम्स संवाददाता

  • ६ असार २०८१, बुधबार ०७:४५

एजेन्सी : बर्ड फ्लूको महामारीबाट बच्न विश्व समुदाय तयार नभएको उल्लेखसहित एक प्रतिवेदन सार्वजनिक भएको  छ । अमेरिकी गाईवस्तुसहित स्तनधारी जनावरहरूमा बर्ड फ्लूको बढ्दो घटनाले भविष्यमा हुने महामारीबाट बच्नका लागि संसार तयार नभएको प्रतिवेदनले देखाएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

अमेरिकाभर फार्महरूमा गाईवस्तु र केही मानवलगायत स्तनधारी जनावरमा बर्ड फ्लू तीव्ररूपमा फैलिरहेकोले  निकट भविष्यमा यो रोगले महामारी फैलाउन सक्ने अनुमान गरिएको छ । कोभिड–१९ महामारीको प्रारम्भको चार वर्षभन्दा धेरै समय भइसक्दा पनि ठुलो र बलियो अर्थतन्त्र भएका देशले प्रकोपको पुनरावृत्तिबाट बच्नका लागि पर्याप्त लगानी र  प्रयास नगरेको प्रतिवदेनमा उल्लेख छ ।

Nabintech