७ पुष २०८१, आईतवार
कोहलपुरमा खानेपानी सङ्कट,

  • टाइम्स संवाददाता

  • ६ असार २०८१, बुधबार १०:०९

कोहलपुर : बाँकेको कोहलपुरमा खानेपानीको मागभन्दा आधा जति मात्रै वितरण भइरहेकाले खानेपानीको सङ्कट चुलिँदै गएको छ । कोहलपुर बृहत् खानेपानी उपभोक्ता संस्थाले हाल दैनिक ५० लाख लिटर पानीको माग हुने गरेकोमा त्यसको आधा जति मात्रै अर्थात् दैनिक करिब २६–२७ लाख लिटर पानी वितरण भइरहेको जनाएको छ ।

संस्थाका अध्यक्ष टेकनारायण भुसालले अत्यधिक गर्मीका कारण खानेपानीको माग दिनदिनै बढ्दै गए पनि मागका आधारमा पानी पु¥याउन नसकिँदा पानीको ठुलो सङ्कट उत्पन्न भएको बताउनुभयो । संस्थाले अहिले उपभोक्ताको माग धान्न नसके पनि अन्य समयमा भने पर्याप्त पानी वितरण गर्न सक्षम भएको उहाँले बताउनुभयो

Nabintech