२२ भाद्र २०८१, शनिबार
एसईईको नतिजा अर्को हप्ताभित्र सार्वजनिक हुने

  • टाइम्स संवाददाता

  • ८ असार २०८१, शुक्रबार ०९:४२

कोहलपुर  : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा अर्को हप्ताभित्र सार्वजनिक हुने भएको छ । अहिले नतिजा प्रकाशनअघिको तयारी भइरहेको र अर्को हप्ताभित्र सार्वजनिक गर्ने गरी काम भइरहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

 

फाइल तस्वीर

यस पटकदेखि परीक्षार्थीको प्राप्ताङ्कलाई आठ वटा ग्रेडमा विभाजन गरेर नतिजा प्रकाशन गर्ने तयारी छ । विद्यार्थीले हरेक विषयमा सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत र आन्तरिक मूल्याङ्कनतर्फ ४० प्रतिशत ल्याउनै पर्छ । दुई विषयसम्म नन ग्रेडेड (एनजी) ल्याउनेलाई ग्रेडवृद्धिको मौका दिइने कार्यालयले जनाएको छ ।

Nabintech