२३ असार २०८१, शनिबार
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा पानी पर्ने

  • टाइम्स संवाददाता

  • १९ असार २०८१, मंगलवार १०:०५

कोहलपुर  : आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा तथा कोशी र मधेस प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा अति वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मनसुनी प्रणाली पर्सि बिहीवारसम्म नै सक्रिय हुने र मौसममा सुधार नआउने भएकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । ठूलो पानी पर्ने ठाउँमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Nabintech