२२ असार २०८१, शुक्रबार
अछाम र बाजुरामा विद्युत् अवरुद्ध

  • टाइम्स संवाददाता

  • २० असार २०८१, बुधबार ११:४५

अछाम : नेपाल विद्युत् प्राधिकरणको साँफेबगरस्थित सब-स्टेसनको इनकमरमा समस्या उत्पन्न भएपछि अछाम र बाजुराको बिजुली अवरुद्ध भएको छ ।

सब-स्टेसनको इनकमरमा रातीबाट नै प्राविधिक समस्या आएर विद्युत् अवरुद्ध भएको बताइएको छ ।  साँफेबगरमा रहेको सबस्टेसनको ११ केभीमा समस्या आएपछि विद्युत् सेवा अवरुद्ध भएको अछाम वितरण केन्द्रले जानकारी दिएको छ । समस्या आएकोमा मर्मत कार्य भइरहेकोले कार्य सम्पन्न भएपछि मात्रै विद्युत् प्रवाह हुने केन्द्रले सूचना जारी गरेको छ ।

Nabintech