२३ असार २०८१, शनिबार
कोहलपुरमा क्षयरोगका नयाँ बिरामी फेला परे

  • टाइम्स संवाददाता

  • २० असार २०८१, बुधबार ११:५३

कोहलपुर : बाँकेको कोहलपुर नगरपालिकालाई क्षयरोगमुक्त पालिका बनाउने अभियानले गति लिइरहेकै समयमा कोहलपुरमा १७४ जना क्षयरोगका नयाँ बिरामी फेला परेका छन् । नगरपालिकाका अनुसार कोहलपुरमा उपचार पूरा गर्ने दर ९४.९ प्रतिशत छ भने नयाँ बिरामी पत्ता लगाउने दर प्रति लाखमा १६३ जना पाइएको र मृत्युदर भने १.९  छ ।

कोहलपुर नगरपालिका क्षयरोग मुक्त अभियानका फोकल पर्सन प्रेम पाण्डेका अनुसार चालु आर्थिक वर्षमा फेला परेका नयाँ क्षयरोगीमध्ये कतिपय नियमित औषधी सेवन गरिरहेका छन् । तीमध्ये एक जनालाई नेपालगन्ज टीबी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ भने २२ जना बिरामीलाई नियमित पोषण सामग्री वितरणको काम भइरहेको छ । उनीहरुलाई ६ महिनासम्म पोषण सामाग्री वितरण गर्ने कार्यक्रम छ ।

निम्न आयस्तर भएका, गरिब, विपन्न तथा अशक्तहरुलाई उनीहरुको पोषणमा सुधार ल्याउन पोषण सामग्री वितरण गर्ने गरिएको फोकल पर्सन पाण्डेले बताउनुभयो । क्षयरोग संक्रमण पुष्टि भएकाहरु नियमित औषधी सेवन गरिहेको कोहलपुर नगरपालिकाले जनाएको छ ।

Nabintech