२३ असार २०८१, शनिबार
वहु–सरोकारवालाहरुसंग योजना निर्माण कार्यशाला निर्माण गोष्ठि सम्पन्न

  • टाइम्स संवाददाता

  • २० असार २०८१, बुधबार १४:५२

सुर्खेत  : उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय कर्णाली प्रदेश र युएसएआईडी जल जंगलको कार्यक्रको संयूक्त आयोजनामा विरेन्द्रनगरको सुर्खेतमा एक दिवसिय कार्यशाला गोष्ठि सम्पन्न भएको छ । कार्यक्रम उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, कर्णाली प्रदेश, सचिव डा। केदार बरालको अध्यक्षतामा प्रमुख अतिथि मन्त्री, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय माननीय दुर्गबहादुर रावत रहनु भएको थियो भने विशिष्ट अतिथीमा माननीय उर्मिला विश्वकर्मा, सदस्य, कर्णाली प्रदेश सभा तथा निवर्तमान मन्त्री, जलस्रोत तथा उर्जा विकास मन्त्रालय, रहनु भएको कार्यक्रममा विशेष अतिथी ऋयलतचबअतष्लन इााष्अभच’क च्भउचभकभलतबतष्खभ, ग्क्ब्क्ष्म् नेत्र शर्मा सापकोटाका साथै अतिथिमा यज्ञप्रसाद ढकाल,नगर प्रमुख, भेरीगंगा नगरपालिका , लाल विर भन्डारी नगर प्रमुख, पञ्चपुरी नगरपालिका, टोपबहादुर वि।सी।अध्यक्ष, गुँरास गाँउपालिका, दैलेख,खडग बिकअध्यक्ष, चौकुने गाँउपालिका, सुर्खेत , भिम भन्डारी,अध्यक्ष, बराहताल गाँउपालिका, रहनुभएको थियो ।


कार्यक्रम दुई चरण मा सम्पन्न भएको थियो पहिलो उद्घाटन सत्र – जस्मा युएसएआईडी जल जंगलको संक्षिप्त परिचय सहित प्राथमिकता क्षेत्रहरु तथा प्रगति विवरण डा। कल्पना देवकोटा, जलवायु उत्थानशील प्रमुख, ले प्रस्तुतीकरण गर्नु भएको थियो भने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय कर्णाली प्रदेशको प्रााथमिकताका क्षेत्र तथा कार्यक्रमहरुबारे, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, कर्णाली प्रदेशका तर्फबाट शेरबहादुर श्रेष्ठले गर्नु भएको थियो ।

कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथि दुर्गबहादुर रावत, मन्त्री, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय ले अहिले हामीले भोगिरहेको, बाढी पहिरो, बन डढेलो,खडेरी जस्ता समस्याहरु वन विनास र वातावरण प्रदुषणका कारणले भैरहेको छ त्यस्ेले हामीले यसलाई संरक्षण गर्नू अति आवस्यक रहेको छ भने प्रकृतिक सम्पदामा आधारित व्यवसायीहरुको सवलीकरणका माध्यम बाट प्राकृतिक संरक्षण गर्ने कुरामा जोड दिनु भएको थियो भने । विशिष्ट अतिथि माननीय उर्मिला विश्वकर्माले युएसएआईडीले नेपालको विकासमा विशेष गरि कर्णाली प्रदेशमा हरेक क्षेत्रमा सहयोग गरेको र त्यसको लागी युएसएआईडीलाई धन्यवाद दिन चाहेको कुरा व्यक्त गर्नु भएको थियो ।


कार्यक्रमको दोस्रो चरणमा भने समुह छलफल मार्फत आगामीमा वर्षमा युएसएआईडी जल जंगलको प्राथमिकता क्षेत्रहरु के के हुनु पर्ने भनि ८ वटा सवालहरु वन, जल तथा जलाधार क्षेत्रको दिगो ब्यवस्थापन, वातावरणीय अपराध, जलवायु उत्थानशीलता,मानव वन्यजन्तु द्वन्द न्युनिकरण, लैगिंक समानता तथा सामाजिक समावेशीकरण,प्राकृतिक स्रोत शासन समुह बनाई वृहत समुह छलफल तथा प्रस्तुतीकरण गरिएको थियो जस्को हजीकरण युएसएआईडी जल जंगल का, कर्णाली कन्जरभेसन ल्याण्डस्केप टीम लिडर भुपेन्द्र शाही तथा संचार वरिष्ठ व्यवस्थापक ईरिना कार्की गुरुङ्गले गर्नुभएको थियो । कार्यक्रममा प्रकृतिमा आधारित विभिन्न उत्पादनहरको प्रर्दशनी गर्नुका साथै एसओसका विद्यार्थी भाईबहिनीहरुले जलधार९ वाटरसेड मोडेल० मेडेल बनाएर प्रदर्शनीगरेका थिए।कार्यक्रममा चौकुने गाँउपालिका अध्यक्ष,खडग बि।क।ले जनप्रतिनिधिहरु को प्रतिनिधित्व गर्दै, हामीले हाम्रा सन्ततीहरुलाई कस्तो पृथ्वी सुम्पेर जाने भन्ने हामी सबैले सोच्नु पर्ने बताउनु भयो ।
कार्यक्रमा सहभागी तथा अतिथीहरुलाई स्वागत र कार्यक्रमको उद्देश्य बारे युएसएआईडी जल जंगल का उप प्रमुख अजय पाण्डेले गर्नू भयो भने कार्यक्रम युएसएआईडी जल जंगल का लैगिंक समानता तथा सामाजिक समावेशीकरण निर्देशक आशा बुढाले गर्नु भएको थियो ।
कार्यक्रमको अन्यमा समुहका सहभागीहरुयुएसएआईडी जल जंगलले प्राथमिकतामा राख्नु पर्ने सवाल तथा क्रियाक्लापहरु सुझाएका छन र कार्यक्रमले तेस्रो वर्षको कार्यक्रममा यसलाई प्राथमिकतामा राख्ने उप प्रमुख अजय पाण्डेले बाताउनु भयो

 

Nabintech